मनास्लु हिमाल आरोहण गर्दै खुट्टाविहीन रुसी आरोही

मनास्लु हिमाल आरोहण गर्दै खुट्टाविहीन रुसी आरोही

२ असाेज, काठमाडौं।

घुँडाभन्दा तल उहाँका दुबै खुट्टा छैनन् तर पनि साहासिक काममध्ये मानिने हिमाल आरोहणमा उहाँ लागिपर्नु भएको छ । गत वर्ष युरोपकै अग्लो एलब्रस हिमाल (पाँच हजार ६४२ मिटर) आरोहण गरिसक्नुभएका रुसी आरोही रुस्तम नवियावले जोखिमपूर्ण हिमालमा मानिने मनास्लु हिमाल (आठ हजार १८३ मिटर) आरोहण गर्ने हुनुभएको छ ।

उहाँ पर्यटन विभागबाट मनास्लु हिमाल आरोहण गर्ने अनुमती लिई आधार शिविर पुगिसक्नुभएको छ । यो महिनानै उहाँले मनास्लुको आरोहण गर्ने आयोजक कम्पनी सेभेन समिट ट्रेकका आधार शारीरिकरुपमा अशक्त भए पनि नवियावले आरोहणलाई रोजेपछि विश्व कीर्तिमान कायम हुनेभएको छ । दुई वर्षअघि दुवै खुट्टा नभएका हरि मगरले मेरापिक हिमालको आरोहण गर्नुभएको थियो । मगरले सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने तयारी गर्नुभएको बताउनुभयो ।

विर प्रमुख टासिलाक्पा शेर्पाले जानकारी दिनुभयो । दुई जना रुसी गाइड र दुई जना शेर्पा गाइडसहित उहाँ आरोहणमा जाने शेर्पाले जानकारी दिनुभयो ।

मनास्लु हिमाल आरोहणका लागि तेस्रो क्याम्पसम्म बाटो निर्माण गरिसकेकाले असोजदेखि आरोहण शुरु हुने कम्पनीहरुले जनाएका छन् । गाेरखापत्रबाट

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.