×

NEPAL TIMES UPDATES

Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026

खसीबोकाको मूल्य बढ्यो, दसैंमा च्यांग्रा अभाव हुने

३ आश्विन २०७८

३ असोज, काठमाडौं ।

चाडपर्व नजिकिँदै गर्दा बजारमा खसीबोकाको मूल्य बढेको छ । बाढीपहिरोका कारण पर्याप्त खसीबोका ल्याउन नसकेको कारण देखाउँदै व्यवसायीले मूल्य बढाएका हुन् ।
यो वर्ष प्रतिकेजीमा ३० देखि ३५ रुपैयाँ मूल्य बढेको व्यवसायी दीपक थापाले जानकारी दिए ।

उनका अनुसार, स्वदेशी खसी प्रतिकेजी ६ सय ४० देखि ६ सय ५० रुपैयाँ र भारतीय खसी प्रतिकेजी ७ सय रुपैयाँ मूल्य रहेको छ । बजारमा कम भित्रिएकाले पनि मूल्य बढ्न गएको उनको भनाइ छ । दसैंलाई लक्षित गरेर सोह्र श्राद्धपछि उपत्यकामा खसीबोका भित्र्याइने उनले जानकारी दिए ।

दसैंको बेला बजारमा खसीबोकाको खपत धेरै हुने हुँदा व्यवसायीले गाउँ गाउँबाट खरिद गरेर उपत्यकामा ल्याएर बिक्री गर्ने गरेका छन् । दसैंको बेला धेरैले मासु उपभोग गर्ने भएकाले पनि बजारमा अन्य समयको तुलनामा खसीबोकाको माग बढी हुने गरेको छ ।

दसैंको बेला उपत्यकामा ४० देखि ५० हजार संख्यामा खसीबोका खपत हुने व्यवसायीको अनुमान छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि छिमेकी मुलुक भारतबाट समेत खसीबोका आयात गर्ने गरिएको छ ।

पछिल्लो समय खसीबोकाको उत्पादन बढ्दै थालेपछि २० प्रतिशत मात्र आयात गर्नुपरेको व्यवसायीको भनाइ छ । यो वर्ष बजारमा च्यांग्राको भने अभाव हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसअघि एक हजार च्यांग्रा ल्याउने निर्णय गरे पनि खरिद गर्न नसक्दा यस्तो अवस्था आएको हो ।

कम्पनीले यो वर्ष २ हजार संख्यामा खसीबोका भने खरिद गर्ने भएको छ । च्यांग्रा महँगो भएकाले नल्याउने निर्णय गरेको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले बताए । चिनियाँ च्यांग्रा नआएको र स्वदेशी महँगो भएको खरिद नगरिने उनको भनाइ छ ।

कोभिडका कारण गत वर्षदेखि तिब्बतबाट च्यांग्रा नेपाल आएको छैन । स्वदेशी उत्पादनले मात्र बजारको माग धान्ने अवस्था छैन । अहिले मनाङ र मुस्ताङमै उत्पादन कम छ । उत्पादन कम र माग धेरै हुँदा मूल्य बढेर खरिद गर्न नसकिने कम्पनीले जनाएको छ ।

मुस्ताङमै प्रतिकिलो एक हजारभन्दा बढी मूल्य रहेको च्यांग्रा यहाँ ल्याएर बिक्री गर्न नसकिने कम्पनीले जानकारी दिएको छ । हरेक वर्ष दसैंको लागि उपत्यकामा मात्र करिब १० हजार च्याङग्रा खरिद बिक्री हुँदै आएको थियो । स्वदेशीसँगै तिब्बतबाट पनि च्यांग्रा आउने भएकाले व्यापारीहरुले सहजै खरिद गरेर उपत्यका ल्याउने गरेका थिए ।

गत वर्ष च्यांग्राको मूल्य प्रतिकिलो ८ सय रुपैयाँ थियो । यो वर्ष तिब्बतबाट च्यांग्रा नआएकाले बजारमा अभाव भएको व्यवसायीको भनाइ छ । मुलुकमा उत्पादन कम भएकाले खरिद गर्न नपाएको व्यवसायीले बताएका छन् । च्यांग्रा हिमाली क्षेत्रमा पाल्ने गरिन्छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top