×

NEPAL TIMES UPDATES

Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026

एसियाली खेलकूदमा नेपालका चार नयाँ खेल छनोटमा

२ श्रावण २०७५

काठमाडौँ, साउन २

एसियाली महादेशको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा मानिएको १८औँ एसियाली खेलकूदमा यसपटक नेपालबाट चार नयाँ खेलले स्थान पाएका छन् । इण्डोनेसियाको राजधानी जार्कातामा आगामी भदौ २ गतेदेखि १७ गतेसम्म हुने यसियाली खेलकूदमा प्याराग्लाइडिङ, क्लाइमिङ स्पोर्ट, पेनकेक सिलात र स्केटबोर्ड गरी चार नयाँ खेल छनोटमा परेका छन् । यसपटकको एसियाली खेलकूदमा नेपालबाट अहिलेसम्मकै सबैभन्दा बढी २८ खेल समावेश हुँदैछ ।

Advertisement

दक्षिण कोरियाको इचोन सहरमा भएको १७ औँ संस्करणको एसियाली खेलकूदमा नेपालबाट २५ खेलले प्रतिनिधित्व गरेको थियो । एसियाली राष्ट्रबीच सुमधुर सम्बन्ध बनाउने उद्देश्यका साथ स्थापित भएको एसियाली खेलकूद प्रतियोगिता सन् १९५१ बाट शुरुआत भयो । त्यतिबेला भारतको नयाँ दिल्लीमा पहिलो पटक प्रतियोगिताको आयोजना गरिएको थियो । नेपालले प्रतियोगिताको शुरुआतदेखि नै सहभागिता जनाउँदै आइरहेको छ । तर सन् १९५४ र १९६२ को दुई संस्करणको खेलमा भने नेपालले भाग लिएको थिएन ।

नयाँ चारखेलसहित प्रतियोगितामा भारोत्तोलन, बक्सिङ, आर्चरी, शुटिङ, एथलेटिक्स, टेबलटेनिस, कराते, ब्याडमिन्टन, कबड्डी, साइक्लिङ, सेपाकताक्रो भलिबल, ट्रायथलन, कुस्ती, फेन्सिङ्, फुटबल, गल्फ, जुडो, लनटेनिस, पौडी, तेक्वान्दो, उसु, कुराँस र बास्केटबल गरी २८ खेलले नेपालको प्रतिनिधित्व गर्नेछ ।

प्रतियोगितामा पुरुष खेलाडी १२५ र महिला खेलाडी ५६ गरी १८१ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै ४५ जना प्रशिक्षक र २४ जना व्यवस्थापक सहभागी हुनेछन् । अफिसियल भने कति जाने भन्ने टुंगो लागिसकेको छैन । नेपालकातर्फबाट एसियाली खेलकूदमा जम्मा २९५ जनाको जम्बो टोली इण्डोनेसिया जाने अनुमान गरिएको छ ।

भूकम्पका कारण क्षत विक्षत भएका भौतिक पूर्वधारहरुको समयमा निर्माण हुन नसक्दा खेलाडीले पर्याप्त तालीम लिन केही असहजता भयो । राष्ट्रिय टिम तयारी विभाग प्रमुख अर्जुन विकले विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भौतिक पूर्वाधारको निर्माण कार्य सम्पन्न नहुँदा तालीमका लागि केही असहजता भएको बताए ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा यसपटक नयाँ खेललाई प्राथमिकतामा राखिएको जानकारी गराउँदै उनले भने, “काठमाडौँमा नभए तापनि देशका विभिन्न ठाउँमा खेलाडीलाई पर्याप्त तालीम दिएका छौँ ।” उनले प्रतियोगिताको तयारीका लागि केही बजेट अपुग भएकै कारणले खेलाडीलाई समयमै तालीम दिन नसकेको बताए ।

सरकारले एसियाली खेलकूद प्रतियोगिताका लागि रु पाँच करोड बजेट छुट्याइएको छ । विभिन्न ४५ वटा एसियाका उत्कृष्ट राष्ट्रका खेलाडीबीच हुने उक्त प्रतियोगितामा पदक जित्नु नेपाली खेलाडीका लागि जहिले पनि फलामको च्युरा बन्दै आएको इतिहास छ ।

सहभागिताको ६७ वर्ष बितिसक्दा पनि नेपालले एसियाली खेलकूदमा अहिलेसम्म स्वर्णपदक जित्न सकेको छैन । गत संस्करणको खेलमा नेपालले एउटा मात्र पदक जितेको थियो । त्यतिबेला राखेप मान्यता प्राप्त कराते महासंघले छनोट गरेको खेलाडीको सट्टामा अन्तर्राष्ट्रिय मान्यता प्राप्त कराते महसंघको छनोटमा परेकी विमला तामाङले महिला कराते एकल कातामा कास्य पदक हात पारेकी थिइन् । नेपालको उक्त प्रतियोगितामा जितेको सोही एक पदक मात्र हो । त्यतिबेला कास्य पदक जित्ने देश पनि नेपाल मात्र थियो ।

नेपालले अहिलेसम्म जम्मा तीन खेल तेक्वान्दो, कराते र बक्सिङले मात्र पदक जितेको इतिहास छ । एसियाली खेलकूदमा सबैभन्दा ठूलो पदक तेक्वान्दोका सविता राजभण्डारीले जितेकी थिइन् । उनले सन् १९९८ को थाइल्याण्डको बैंककमा भएको एसियाली खेलकूदमा रजत पदक जितेकी हुन् । त्यो नै नेपालको हालसम्म एक मात्र रजत पदक हो ।

एसियन गेम्समा नेपालले अहिलेसम्म २३ वटा पदक जितेको छ । जसमा रजत भने एक मात्र छ । विगतमा जस्तै यसपटक पनि तेक्वान्दो, जुडो, बक्सिङ, उसु भारोत्तलन मार्सलआर्टसका खेलमा बढी पदकको आशा गरिएको राखेपअन्तर्गत तालीम तथा प्रशिक्षण विभागका प्रमुख रिमबहादुर राणाभाटले बताए ।

यसपटकको तयारी व्यापक छ, खेलाडीले पदक भित्र्याउने कुरामा हामी विश्वस्त छौँ प्रशिक्षण विभाग प्रमुख राणाभाट भन्छन् । उनका अनुसार यसपटक समावेश गरिएको नयाँ खेल प्याराग्लाइडिङले पनि पदक जित्ने सम्भावना प्रवल रहेको छ । तालीम तथा प्रशिक्षण विभागका प्रमुख राणाभाटले प्रतियोगिताका लागि रु सात करोड १३ लाख बजेट आवश्यकता भए तापनि सरकारले छुट्याएको रकम कम भएको गुनासो गरे ।

राखेप सदस्य–सचिव केशवकुमार विष्टले विगतमा भन्दा यसपटकको एसियन खेलमा नसोचेको नतिजा ल्याउनेमा आफू विश्वस्त भएको बताउँदै भन्छन्, “विगतका संस्करणको खेलमा भन्दा यसपटक नेपालमा धेरै पदक भित्रनेछ, त्यसको सुनिश्चित म गर्छु ।” यता करातेका प्रशिक्षक दीपक श्रेष्ठले भने अहिलेको प्रशिक्षणलाई हेर्दा विगतको वर्ष जस्तै फरक नहुने बताए । उनले प्रतियोगिता शुरु हुन एक महिना पनि बाँकी नहुँदासम्म आफ्नो टोलीलाई वैदेशिक प्रशिक्षणमा नलगेको गुनासो गरे ।

उनले भने, “यही तरिका हो भने खेलाडीले स्वर्णपदक त परै जाओस् एउटा पदकसमेत हात पार्दैनन्, जससम्म खेलाडीलाई ‘इन्टनेशनल एक्स्पोर्जर’ गरिँदैन तबसम्म खेलाडी मानसिक र प्राविधिकरुपमा सबल हुँदैनन् ।” महिला टेबलटेनिसतर्फ छनोट भएकी रविना मर्हजनले आफ्नोतर्फबाट पदक हासिल गर्न सक्दो प्रयास गर्ने बताइन् ।

उनले वैदेशिक प्रशिक्षणका लागि आइताबर भारतको नयाँ दिल्ली जाने तयारी भइरहेको जानकारी गराउँदै नेपालभन्दा अन्य एसियाली देशहरु हरेक संरचनाले बलियो भएकाले टेबलटेनिसमा पदक ल्याउने सम्भावना कम रहेको बताइन् ।

गत वैशाख २ गतेदेखि शुरु भएको बन्द प्रशिक्षणमा नेपाली खेलाडी स्वदेश तथा विदेशमा प्रशिक्षण गरिरहेका छन् । नेपालको विराटनगर, महेन्द्रनगर, नेपालगञ्ज, काठमाडौँ, पोखरालगायतका ठाउँमा नियमित प्रशिक्षणमा छन् भने विदेशमा दक्षिण कोरिया, थाइल्याण्ड र चीनमा खेलाडी गइसकेका छन् । त्यस्तै जापान र भारतमा जाने तयारीमा छन् ।
रासस

Advertisement

भर्खरको समाचार

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

सम्बन्धित खबरहरु

Scroll to Top