एजेन्सी,साउन ४
नेपालको उत्तरी छिमेकी मुलुक चीन विकासको गतिमा एकदमै अगाडि रहेको छ । चीनले विगत केही दशकमा यति ठुलो विकास गरेको छ कि धेरैलाई असमान्य लाग्ने गरेको छ । चन्द्रमाबाट हेर्दा देखिने मानव निर्मित पर्खाल पनि चीनमा नै अवस्थित रहेको छ ।
अहिले चीनले विज्ञान,प्रविधिमा सबैभन्दा ठुलो सफलता हात पारेको छ । अहिले पनि चीनले एक अच्चमको विकास निर्माण अगाडि बढाएको छ ।१२ खर्ब लागत खर्चेर चीनले विश्वकै ठुलो विमानस्थल निर्माण गरेको छ । विमानस्थलको विकास २०१४ को डिसेम्बरमा भएको थियो र परीक्षण सञ्चालन सन् २०१९ को अक्टोबरबाट गरिने चीनिँया समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
विश्वकै सबैभन्दा ठूलो हुने विश्वास गरिएको दाक्सिङ विमानस्थलको लागत ८० अर्ब यूआन अर्थात् १२ अर्ब ३० करोड अमेरिकी डलर रहेको छ । चीनले केही दिन अगाडि मात्र विश्वकै सबैभन्दा ठूलो एयर प्युरिफायर निर्माण गरेको थियो ।