×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

चोभारको सुख्खा बन्दरगाह सञ्चालनको तयारी

१७ आश्विन २०७८

१७ असोज, काठमाडौं ।

चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह सञ्चालनको अन्तिम तयारी गरिएको छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक आशिष गजुरेलले सुख्खा बन्दरगाहको निर्माणका काम सम्पन्न भएकाले बन्दरगाह सञ्चालनको लागि तयारी गरिरहेको बताए।

आइतबार बिहान न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै कार्यकारी निर्देशक गजुरेलले बन्दरगाहमा सञ्चालनका लागि भन्सार कार्यालय, क्‍वारेन्टिन, बैंक, सुरक्षा निकायलगायतका सम्बन्धित निकायसँग छलफल भइरहेको भन्दै उनले चाँडै नै पूर्ण तयारीका साथ सञ्चालनमा ल्याउन लागिएको उनले बताए।

सुख्खा बन्दरगाह सुरु भएसँगै काठमाडौंको व्यवसायीहरुले सिधै काठमाडौंमा सामान ल्याउनसक्ने र छिट्टै उपभोक्ताको माझमा पु¥याउन सकिने तथा आयात, निर्यातको मूल्य घटाउन सकिने उनले उल्लेख गरे।

उनले भने, ‘अहिले हामी यसको सञ्चालनको लागि तयारीको अवस्थामा छौँ। र हामी चाँडै नै यसलाई सञ्चालन गर्ने भनेर अगाडि बढिराखेको छौँ। यसको लागि यहाँको सम्बन्धित निकाय भनेको भन्सार कार्यालय, क्‍वारेन्टिन, बैंक, सेक्युरिटी, पोर्ट सञ्चालनका लागि सञ्चालक हुनुभयो यति सबै जनाको सहकार्यमा हामीबीच छलफल पनि भइराखेको छ र चाँडै नै हामी तयारी पूरा गरेर यसलाई सञ्चालनमा ल्याउने हिसाबले काम अगाडि बढाइरहेका छौँ।’

चोभारस्थित २२० रोपनी जग्गाको क्षेत्रफलमा एक अर्ब ६० करोड रुपैयाँको लगानीमा सुख्खा बन्दरगाह बनेको हो। यसभित्र दुई वटा गेट, तीन वटा धर्मकाँटा, भन्सार, क्‍वारेन्टिन र प्रशासनिक गरी तीन वटा भवन, तीन वटा ठूला गोदाम, चेकजाँच गर्ने तीन वटा खुल्ला भवन, ५०० वटा कन्टेनर राख्नसक्ने कन्टेनर यार्ड, ५०० ट्रक व्यवस्थापन गर्न सकिने पार्किङस्थल निर्माण सम्पन्न भइसकेको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए। सीसीटीभी जडान र फायर फाइटरसमेत जडान गरिसकेको उनले बताए।

भारत र चीनसँग सिमा जोडिएको जिल्लाहरुमा मात्रै सुख्खा बन्दरगाह भए पनि भित्री जिल्लामा भने चोभारको सुख्खा बन्दरगाह पहिलो हो। वीरगञ्ज, विराटनगर, भैरहवा, काँकडभिट्टा, तातोपानीमा सुख्खा बन्दरगाह सञ्चालनमा छन् भने रसुवा र नेपालगञ्जमा पनि निर्माणाधिन अवस्थामा रहेको छ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top