१८ असाेज, स्टकहोम ।
यसवर्षको शरीर विज्ञान र चिकित्सा अन्तर्गतको नोबेल पुरस्कार डेभिड जूलियस र अर्डेम पाटापोटियनले पाएका छन् । उनीहरुले रोगहरु र पीडाको उपचारमा प्रकाशको प्रयोगबाट कसरी दुःखाईलाई घटाउन मद्दत गर्छ भन्ने खोजी गरेका थिए ।डेभिड अमेरिकी नागरिक हुन् भने अर्डेम लेबनानका नागरिक हुन् ।
‘हामी वरिपरी रहेको विश्वलाई महसुस र अन्तक्रिया गर्न तथा बाँच्नको लागि हामीले तातो र चिसोलाई गर्न सक्ने स्पर्शको क्षमताबारे खोज गरेबापत यो पुरस्कार घोषणा गरेका छौं’ नोबेल कमिटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै, नोबेल कमिटीले यी दुई बैज्ञानिकले हाम्रा कोषिकहरुले तातो र चिसोजस्ता कुरालाई कसरी महसुस गर्छन् भन्ने अभूतपूर्व अध्ययन गरेको उल्लेख गरेको छ । साथै उनीहरुले वातावरण र स्पर्श महसुस गर्ने शक्तिबीचको सम्बन्धबारे थुप्रै आलोचनात्मक अध्ययन समेत गरेका छन् ।