काठमाडौं, साउन १०
अनशनरत डा. गोविन्द केसी र सरकारबीच भएको वार्तामा सहमति जुटेको छ । सरकारले प्रस्तुत गरेको चिकित्सा शिक्षा विद्येयकलाई संसदमा प्रस्तुत गर्ने र त्यसमा अनसनरत डा. गोविन्द केसीका जायज मागलाई सम्बोधन गर्ने बिषयमा दुवै पक्ष सकारात्मक भएपछी सहमती जुटेको हो ।
शुक्रबारबाट नियमित सञ्चालन हुने संसद बैठकमा चिकित्सा शिक्षा विद्येयकमा देखिएका बाँकी बिषयमा सहमति हुने नेकपाका उपनेता सुवासचन्द्र नेवाङले जानकारी दिए ।
डा. केसीको स्वास्थ्य अवस्थाप्रति गम्भीर भएको सरकारले अन्ततः सहमतिको प्रयास थालेको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिकित्सा शिक्षा विद्येयकको बिषयलाई लिएर बारम्बार संसद अवरुद्ध गर्दै आएको थियो ।