विराटनगर, साउन १०
लघुवित्त क्षेत्रमा नयाँ प्रविधिको रुपमा ‘ट्यावलेट बैकिङ’ लाई नेरुडे लघुवित्तले धरानबाट सुरु गरेको छ । युके एडसँगको सहकार्यमा सञ्चालित सक्षम एक्सिस टु फाइनान्स परियोजनामार्फत उक्त कार्यक्रम सुरु गरिएको हो ।
नेपालमा २९ जिल्लामा ७९ शाखा उपशाखा कार्यालय रहेको सो लघुवित्तले सुनसरीको धरान शाखा कार्यालयबाट पहिलो पटक ‘ट्यावलेट बैकिङ’ कार्यक्रम सूरु गरेको हो ।
धरान १७ को रेलवे लाइनमा स्थित सप्तरंगि नेरुडे महिला केन्द्रमा उद्घाटन कार्यक्रममा संस्थाका प्रबन्ध सञ्चालक मणिकुमार अज्र्यालले उक्त प्रविधिले आफ्ना ग्राहकसदस्यहरुलाई सेवा दिन सहज हुने बताए ।
उनले इन्टरनेट नभएका स्थानबाट पनि अफलाइनमार्फत सेवा दिन सकिने भएकाले ग्राहकहरुलाई सहजरुपले सेवा उपलब्ध गराउन उक्त प्रविधिको प्रयोग गरिएको जानकारी दिए ।
प्रवन्ध सञ्चालक अज्र्यालले सूचना र प्रविधिको विकास सगै नयाँ नयाँ प्रविधिको प्रयोग गर्न जरुरी रहेको र कारोबारलाई पारदर्शी, जवाफदेही बनाई ग्राहक वर्गहरुको विश्वास जित्न सकिने बताए । यो परियोजना अन्तरगत ७ जिल्लाका १९ शाखामा कार्यक्रम संचालन भईरहेको नरुडे लघुवित्तले जानकारी दिएको छ ।
ट्याबलेट बैकिङ सेवामार्फत सबै सदस्यहरुले कारोबार हुने बितिकै रसिद हातम हातमा पाउने धरान शाखाका प्रमुख सम्झना लामाले बताइन् । सो अबसरमा स्थानीय फुलमाया राईले खुशि व्यक्त गर्दै बिजुलीको बिल जस्तै नेरुडेले पनि रसिद दिन थालेकोले कारोबारको विवरण पाउन सहज हुने बताईन ।