२५ असोज, काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्यमा सोमबार एक सय रुपौयाँले गिरावट आएर ९० हजार ६ सय रुपैयाँमा कायम गरिएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रु ९० हजार १५० रुपैयाँ तोकिएको छ ।
त्यस्तैगरी आज चाँदीको मूल्य भने बढेको छ । सोमबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर १८० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।