×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

आज विश्व दृष्टि दिवसः नेपालमा २ लाख २० हजार मानिसहरु दृष्टिबिहीन

२८ आश्विन २०७८

२८ असोज, विराटनगर ।
आज विश्व दृष्टि दिवस विभिन्न सचेतनात्मक कार्यक्रम गर्दै मनाइँदै छ।

विश्वमा २२० करोड मानिसमा दृष्टिरोगको समस्या र दृष्टिविहिनताको समस्याबाट प्रभावित भएको पाइएको छ। त्यसमध्ये ३ करोड ९० लाख मानिसहरुमा अन्धोपनको समस्या रहेको छ भने करिब १०० करोड जनता अझै पनि सेवाको पहुँच बाहिर छन्।

विश्का कुल दृष्टिविहिनहरुमध्ये करिब ६५ प्रतिशत मानिस ५० वर्ष उमेर माथिका रहेका छन्। यस्तै करिब १ करोड ९० लाख बालबालिकाहरुमा दृष्टिदोषको समस्या रहेको पाइएको छ।

कुल दृष्ठिविहिनहरुमध्ये करिब ९० प्रतिशत दृष्टिविहिनहरु विकासशील तथा अल्पविकसित मुलुकमा रहेका छन्। ८० प्रतिशत दृष्टिदोषलाई उपचारद्धारा निवारण गर्न सकिने विश्व स्वास्थ्य संगठनले जनाएको छ।

यस्तै, अन्धोपनका प्रमुख कारणहरुमध्ये मोतिविन्दु मुख्य कारण रहेको पाइएको छ। अन्धोपनका समस्या भएकाहरुमध्ये ६५ प्रतिशत मोतिविन्दु, १४ प्रतिशत आँखाको पर्दाजन्य रोगहरु, ६ प्रतिशत आँखाको नानीमा हुने अन्धोपन, ५ प्रतिशत जलविन्दु र १० प्रतिशत अन्य रहेको छ।

नेपालमा शिक्षा, चेतनाको कमी तथा सेवाको पहुँचको कमीले गर्दा दृष्टिविहिनताको स्थिति अझै प्रमुख स्वास्थ्य समस्याका रुपमा रहेको नेपाल नेत्रज्योति संघले जनाएको छ।

नेपालमा ६ मिटरको दुरीलाई आधार मान्दा अनुमानित २ लाख २० हजार मानिसहरु दृष्टिबिहिन रहेका छन् भने ३ मिटरलाई आधार मान्दा अनुमानित ९३ हजार ४ सय मानिसहरु दृष्टिविहिन छन्। ती मध्ये ५० वर्ष माथिका मानिसको संख्या २ दशमलब ५ प्रतिशत रहेको छ।

नेपामा कुल दृष्टिविहिनहरुमध्ये ६६ प्रतिशतको दृष्टिविहिनतालाई उपचारका माध्यमबाट नै निवारण गर्न सकिन्छ भने १६ प्रतिशतको दृष्टिविहिनतालाई रोकथाम गर्न सकिने खालको रहेको छ।

हालै नेपाल नेत्रज्योति संघले सबै प्रदेशमा अन्धोपन सर्भेक्षण समेत गरेको जनाएको छ। सो सर्बेक्षणबाट लुम्बिनी प्रदेश बाहेकका सबै प्रदेशमा अन्धोपनको समस्या घटेको पाइएको संघले जनाएको छ।

नेपालमा मधुमेह, उच्च रक्तचाप जस्ता नसर्ने रोगहरुको कारण हुने अन्धोपन, जलविन्दु, रेटिना सम्बन्धि समस्याहरु वृद्धि हुँदै गएको संघले जनाएको छ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top