NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने बुधबार भदौ १८ , २०८२
भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए बुधबार भदौ १८ , २०८२
एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै बुधबार भदौ १८ , २०८२
छेडखानी सच्याएर निजामती विधेयक राष्ट्रियसभाबाट पारित बुधबार भदौ १८ , २०८२
एलएस अटोमा ‘फेस्टिभ अफर’, विदेश भ्रमणदेखि भारी छुटसम्म बुधबार भदौ १८ , २०८२
Next
Prev

समाचार

पर्यटन प्रचार गर्न मनाङको ‘साइक्लिङ’

शुक्रबार कार्तिक ५ , २०७८
Reading Time: 1 min read
A A
पर्यटन प्रचार गर्न मनाङको ‘साइक्लिङ’
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

५ कात्तिक, मनाङ।

लामो समय कोभिड– १९ को सङ्क्रमण न्यूनीकरणपश्चात् पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखराको ‘नेचर लभर साइक्लिङ ग्रुप लेकसाइड’ पोखराका सदस्यहरु मनाङ्को भ्रमणमा आएका छन् ।

उक्त समूहका सदस्यले बेमौसमी वर्षाका बाबजुद पनि बिहीबारदेखि यात्रा थालेका हुन्। अन्नपूर्ण पदमार्गको प्रवर्द्धनका साथै भ्रमण गरी पर्यटकलाई यात्राका बारेमा जानकारी दिने र आवश्यक प्रचारप्रसार गर्ने उद्देश्यले यत्रामा निस्किएको समूहका संयोजक सुरेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा अग्लो स्थान (४९१९ मिटर)मा रहेको तिलिचो तालसम्म साइकलका माध्यमबाट नै पुग्ने योजना रहेको छ। उनीहरुले १३ दिने प्याकेज बनाएर तिलिचो ताल र अन्नपूर्ण पदमार्गको भ्रमणमा निस्किएका हुन्। पहिलो दिनमा पोखराबाट यात्रा सुरुआत गरी लमजुङको बेंसीशहर हुँदै स्यागेमा पुगेर रात बसेको र दोस्रो दिन स्यागेबाट धारापानीसम्मको यात्रा भइरहेको पौडेलले बताए ।

उक्त समूह शुक्रबार हिमाली जिल्ला मनाङको धारापानीमा पुगेर बस्ने उनले बताए। “बेमौसमी वर्षाले मनाङका सडकमा धेरै समस्या रहेको छ। पर्यटन आउने मौसममा नै सडकको समस्याले धेरै असर गरेको छ। जिल्लामा भित्रिने पाहुनालाई सहज बनाउनका लागि जिल्लावासी र सम्बन्धित निकाय सजग हुनुपर्ने देखिएको छ”, संयोजक पौडेलले भने, “पदमार्गसँगै सडकमा पैदलयात्रा गर्नसमेत समस्या भएको पायौँ, सायद मौसममा सुधार भएमा सहज हुनेछ भन्ने अपेक्षा छ ।”

पोखराका १२ साइकलयात्री साइकल यात्रामा निस्किएका हुन्। उनीहरु शनिबार धारापानीबाट मनाङको सदरमुकाम चामे आइपुग्नेछन्। आइतबार चामेबाट मनाङ गाउँ पुग्ने तालिका रहेको छ। त्यस्तै सोमबार मनाङ गाउँबाट तिलिचो बेसक्याम्प, मङ्गलबार तिलिचो बेसक्याम्पबाट याक खर्कसम्मको यात्रा गर्नेछन् ।

त्यसैगरी, बुधबार बेसक्याम्पबाट थोराङ्ला पास, बिहीबार थोराङ्ला पासबाट मुक्तिनाथको यात्रा तय गर्ने योजनासहित साइकलयात्रीको समूह भ्रमणमा निस्किएको अर्का संयोजक धरमबहादुर लामिछानेले जानकारी दिए। उनका अनुसार शुक्रबार मुक्तिनाथदेखि मार्फा, शनिबार मार्फादेखि तातोपानी, आइतबार तातोपानीदेखि गोडेपानी र सोमबार गोडेपानीदेखि पोखरा पुगेर यात्राको समापन गर्ने योजना रहेको छ ।

मौसममा केही सुधार भएपछि मनाङमा पर्यटनलाई तिलिचो तालसम्म जान दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए। आन्तरिक तथा बाह्य पर्यटक आउने मौसम भएकाले पनि मौसमको अनुकूलताअनुसार पर्यटकलाई तिलिचो ताल, थोराङ्ला पाससम्म गर्न दिइएको उनले बताए ।

“मौसम अनुकूल भएको अवस्थामा पर्यटकलाई आवतजावत गर्न दिइएको छ। सुरक्षा व्यवस्था पनि गरिएको छ। सबै स्थानमा सडक सहज नभए पनि सुरक्षित यात्रा गर्ने वातावरण बनाउनतर्फ लागिपरेका छौँ। मौसम सुधार भएपछि भने सडकको पनि मर्मत गर्ने तयारीमा रहेका छौँ”, प्रजिअ आचार्यले भने । रासस

लोकप्रीय

पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने

बुधबार भदौ १८ , २०८२
भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए

भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए

बुधबार भदौ १८ , २०८२
एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै

एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै

बुधबार भदौ १८ , २०८२

विचार

थप समाचार

पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै
अन्तर्राष्ट्रिय

खेलकुद

एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै

बुधबार भदौ १८ , २०८२
छेडखानी सच्याएर निजामती विधेयक राष्ट्रियसभाबाट पारित
अन्तर्राष्ट्रिय

छेडखानी सच्याएर निजामती विधेयक राष्ट्रियसभाबाट पारित

बुधबार भदौ १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

World News: रुसको कालो धान भारतले सेतो बनायो, भारतमा पैसा खन्याउदै जापान || Nepal Times

00:22:57

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

शुक्रबार भदौ १३ , २०८२
ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

बिहिबार भदौ १२ , २०८२
रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

मङ्लबार भदौ १७ , २०८२

हालका पोस्टहरू

पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने

बुधबार भदौ १८ , २०८२
भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए

भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए

बुधबार भदौ १८ , २०८२
एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै

एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै

बुधबार भदौ १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.