काठमाडौं, साउन १९
सिंहदरबार क्षेत्रमा आज केहीबेर विद्युत्त आपूर्ति बन्द हुदैछ । सिंहदरबार परिसरका एच.टी लाइनमा परेका रूखका हाँगाबिँगा काट्न र मन्त्रालयहरूमा जडीत ट्रान्सफरमरहरुको सफाइका लागि विद्युत प्राधिकरणले सिंहदरबार क्षेत्रमा केहिबेर विद्युत्त आपूर्ति बन्द गर्न लागेको हो ।
नेपाल विद्युत्त प्राधिकरण, रत्नपार्क वितरण केन्द्रका अनुसार बिहान ८ बजेदेखि १२ बजेसम्म यो क्षेत्रमा लोडसेडिङ हुनेछ । प्राधिकरणले शनिबारका दिन राजधानीका विभिन्न क्षेत्रमा यसैगरी लोडसेडिङ गर्दै आएको छ ।