NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी बिहिबार अशोज २ , २०८२
नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ? बिहिबार अशोज २ , २०८२
सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ? बिहिबार अशोज २ , २०८२
माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम बिहिबार अशोज २ , २०८२
Next
Prev

समाचार

सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै

आइतवार कार्तिक १४ , २०७८
Reading Time: 1 min read
A A
डब्लुएचओद्वारा कोरोना भाइरसका भेरियन्टको नामकरण, कुन भेरियन्टको नाम के ?

Covid-19 coronavirus binding to human cell, conceptual computer illustration. SARS-CoV-2 coronavirus (previously 2019-nCoV) binding to an ACE2 receptor on a human cell (not to scale). SARS-CoV-2 causes the respiratory infection Covid-19, which can lead to fatal pneumonia. ACE2 (angiotensin-converting enzyme 2) is a membrane-bound aminopeptidase, the key host receptor for the spike glycoprotein of SARS-CoV-2 which serves as initial step in the development of coronavirus infection on a cellular level and a potential target for treatment strategy.

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१४ कार्तिक, बैतडी ।

सुदूरपश्चिम प्रदेशमा कोरोना संत्र,मणको जोखिम बढ्दै गएको छ। पछिल्लो केही सातायताको यहाँको कोरोना संक्रमणको अवस्था हेर्दा जोखिम बढ्दै गएको देखिएको छ।

गत असोज ३१ गतेदेखिको लगातार तीन दिनको वर्षा र दसैँतिहारका बेला घरबाहिर रहेका गाउँ फर्किएपछि यहाँ संक्रमणको जोखिम बढेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए।

उनले भने, ‘गाउँघरमा भिडभाड बढेको छ, परीक्षण हुनपाएको छैन, यसले जोखिम बढाएको छ।’ यसका साथै कात्तिक पहिलो साताको अविरल वर्षापछि विस्थापितहरु एकै ठाउँमा बसेकाले पनि जोखिम बढेको डा अवस्थीको भनाइ छ।

बेमौसमी वर्षाले गर्दा गाउँघरमा भाइरल ज्वरोका बिरामी बढेका छन्। उनीहरुको परीक्षण गरिएको छैन। परीक्षण ग¥यो भने संक्रमणको अवस्था अझै बढ्ने आकलन गरिएको छ।

पछिल्लो समय कोरोना सङ्क्रमणसँग मिल्दाजुल्दा लक्षण देखिएपछि परीक्षण नगर्ने गरेकाले पनि झनै जोखिम बढेको डा अवस्थीले बताए। ‘लक्षण देखिएको तथा बिरामी भएको धेरै समयपछि उपचारका लागि आउने गर्दा सङ्क्रमण बढ्दै गएको छ,’ उनले भने, ‘समयमै उपचारका लागि नआउँदा अकालमै ज्यान समेत गुमाउने गरेका छन् ।’

पछिल्लो केही सातायता दिनहुँजसो सङ्क्रमणका कारण मृत्यु हुने गरेको छ। समयमै उपचारका लागि नआउदा मृत्यु हुने दर बढेको जनाइएको छ। उनले कोरोना संक्रमणसँग मिल्दा जुल्दा लक्षण देखिनासाथ हेलचेक्र्याइँ नगरी समयमै उपचार गर्न आग्रह गरे।

हालसम्म ६०४ को मृत्यु, चार लाखको परीक्षण

सुदूरपश्चिम प्रदेशमा हालसम्म करिब चार लाख व्यक्तिको कोरोना परीक्षण गरिएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार तीन लाख ८४ हजार चार जनाको परीक्षण गरिएको छ। त्यसमध्ये ४७ हजार ७३१ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ।

हाल यस प्रदेशमा १९८ सक्रिय सङ्क्रमित रहेका छन्। सोमध्ये ३७ जना संक्रमित संस्थागत आइसोलेशनमा बसिरहेका निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। अन्य सबै होम आइसोलेशनमा बसिरहेका छन्। कोरोनाकै कारण यस प्रदेशमा ६०४ जनाको मृत्यु भइसेकेको छ।

प्रदेशभर संक्रमितका लागि भन्दै एक हजार ७७२ आइसोलेशन बेड तयारी अवस्थामा रहेका छन्। यसका साथै प्रदेशका विभिन्न अस्पतालमा ९७७ बेड, भेन्टिलेटर ३५, आइसोलेशन बेड ४२१, एचडियू १३९, आइसियु ६९, कोभडि एचडियु बेड १२६, कोभिड सघन उपचार कक्ष ५४ र कोभिड भेन्टिलेटर २१ रहेका छन्।

यस प्रदेशको भारतसँग सीमा जोडिएका पाँच नाकामा पनि परीक्षणको काम भइरहेको छ। बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट र जौलजिवी, कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकामा परीक्षणको काम भइरहेको छ। भारतबाट भित्रिनेको अनिवार्य रुपमा यी नाकामा परीक्षण भइरहेको छ।

लोकप्रीय

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

विचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

थप समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै
ताजा समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी
अन्तर्राष्ट्रिय

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
अन्तर्राष्ट्रिय

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै
अन्तर्राष्ट्रिय

सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ?

बिहिबार अशोज २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२

हालका पोस्टहरू

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.