विप्लव समुहका प्रवक्ता प्रकाण्ड पक्राउ, ५ दिन थुनामा राख्न अदालतको आदेश

विप्लव समुहका प्रवक्ता प्रकाण्ड पक्राउ, ५ दिन थुनामा राख्न अदालतको आदेश

काठमाडौँ,साउन २३
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोेले काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले बताएको छ ।

पूर्वमन्त्रीसमेत रहेका प्रकाण्डमाथि थप अनुसन्धान भइरहेको स्रोतको भनाइ छ । पक्राउ परेका प्रकाण्डलाई काठमाडौं प्रहरी परिसरमार्फत मुद्दा चलाइने जनाइएको छ । बिक ०५२ सालदेखि माओवादीको पूर्णकालीन बनेर जनुयुद्धमा होमिनुभएको थियो ।

उनी माओवादी नेतृत्वको सरकारमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रीसमेत बन्नुभएको थियो । माओवादी पार्टी विभाजनमा वैद्यसमूहमा लागेका विक पछि विप्लवतिर लागेका हुन् । । हाल उनी सो पार्टीको प्रवक्ताको जिम्मेवारीमा छन् ।

उनलाई जिल्ला अदालत काठमाडौंले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।प्रकाण्डले प्रारम्भिक अनुसन्धानका क्रममा विभिन्न उद्योगपति, व्यवसायी लगायतबाट अवैध रुपमा करिव ७ करोड चन्दा असुल गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.