×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026

पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

४ मंसिर २०७८

४ मंसिर, पर्वत।

पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । नेपाल चिकित्सक सङ्घ केन्द्रीय कार्यालयको पहलमा चुजी फाउन्डेशन ताइवानको सहयोगमा जडान गरिएको ४० सिलिण्डर क्षमता प्लान्टको शुक्रबार सांसद पदम गिरीले उद्घाटन गरे ।

सो अवसरमा सांसद गिरीले ग्रामीण क्षेत्रका बासिन्दालाई सस्तो मूल्यमा जिल्लामै स्वास्थ्य सेवा दिन सकेमा मात्र आम नागरिकले राज्यको अनुभूति गर्ने बताए । नले दैनिक ४० सिलिण्डर भर्न सकिने क्षमताको प्लान्ट जडान पछि अब पर्वत जिल्लामा अक्सिजनको अभाव सिर्जना नहुनेसमेत बताए। नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्की र महासचिव डा बद्री रिजालसमेतको पहलमा यो प्लान्ट ल्याउन सफल भएको पर्वत अस्पतालका निवर्तमान अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए । यो प्लान्ट जडानसँगै सिलिन्डरमा भर्ने रिफिल मेसिन जोड्ने प्रक्रियासमेत सुरु भएको छ । सिलिन्डरमा अक्सिजन भर्नको लागि आवश्यक कम्प्रेसरको अभावमा सिलिन्डर भर्नको लागि पोखरा पठाउनुपर्ने बाध्यता रहँदै आएकोमा अब कम्प्रेसरको जडान कार्य पूरा भएपछि पोखरा जानुपर्ने बाध्यता अन्त्य हुने भएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ढुण्डिराज पौडेलका अनुसार जडानको प्रक्रिया सुरु गर्न लागिएको छ । कम्प्रेसर मसिनसहितका उपकरण जडान भए पनि त्यसको सञ्चालनको लागि २२० भोल्ट माथिको विद्युत् आपूर्ति आवश्यक पर्नुका साथै त्यसका लागि मात्रै छुट्टै ट्रान्सफर्मरसहितका विद्युतीय उपकरण आवश्यक पर्ने भएकाले त्यसको समेत व्यवस्थापन गर्न थालिएको छ । एशोसिएशनको सहयोगमा प्लान्ट र पर्वतमा सक्रिय आठवटा लायन्स क्लबको सहयोगमा कम्प्रेसर आएको भए पनि त्यसको जडान र सञ्चालनको लागि आवश्यक पर्ने विद्युतीय आपूर्तिको लागि बजेट व्यवस्थापनको काम अस्पतालले नै गर्नुपर्ने छ ।

त्यसका लागि झण्डै रु १२ लाखभन्दा बढी लागत लाग्ने अनुमान छ । १५ शय्या क्षमताको अस्पताल ५० शय्या क्षमतामा स्तरोन्नति गर्न बनेका भवनको काम करिब अन्तिम चरणमा आएसँगै अस्पतालको सेवा पनि नयाँ भवनबाट सुरु हुने भएकाले जडान गर्न लागिएको प्लान्टलाई पुरानो भवन र अहिले राखिएका शय्यामा प्रयोग नहुने गरी जडान गर्न लागिएको छ ।

झण्डै रु ७५ लाख लगानीमा नयाँ अक्सिजन प्लान्ट आएको हो भने कम्प्रेसर मसिनका लागि लायन्स क्लबले रु ३५ लाख लगानी गरेका छन् । अस्पतालमा यस अगाडि नै जडान गरिएको अक्सिजन प्लान्ट अहिले बिग्रिएको छ । जसका कारण प्लान्टबाट शय्यमा लगिएका पाइपलाइनमार्फत अक्सिजनको आपूर्ति हुन सकिरहेको छैन ।रासस

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top