×

NEPAL TIMES UPDATES

Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026

युक्रेन मामिलामा अमेरिका र रुस आमने–सामने

२० मंसिर २०७८

२० मंसिर, एजेन्सी ।

रुस–युक्रेन संकट चुलिएको लामै समय भयो । अमेरिकी अधिकारीहरुले यही नयाँ वर्षको छेको पारेर युक्रेन कब्जा गर्ने रणनीति बनाएको खुलासा गरेपछि युक्रेन अहिले तनाव र त्रसित बनेको छ । रुसले युक्रेनको सिमानामा सेना तैनाथ गरेको छ । यसलाई लिएर रुस र अमेरिकाबीच पनि तनाव बढेको छ ।

बढ्दाे तनावका बीच मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच वार्ता हुने भएको छ । रुस–युक्रेन सीमामा तनाव जारी छ। रुसले जनवरीमा युक्रेनमा आक्रमण गर्न सक्ने अमेरिकी गुप्तचर रिपोर्टले दाबी गरेको छ । यो परिस्थितीमा अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबीच जारी तनावका बीच मंगलबार वार्ता गर्ने भएका हुन् ।

रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले यसको पुष्टि गरेका छन् । दुई नेताबीचको वार्ता कति समय हुन्छ भन्ने विषय चाँही राष्ट्रपतिले निर्णय लिने उनले बताएका छन् । यद्यपि यो जानकारी भने अमेरिकी राष्ट्रपति भवनको ह्वाइट हाउसले दिएको छैन । दुई नेताबीच जुलाईदेखि यता भेटवार्ता भएको छैन् । यसअघि स्कटल्यान्डमा विश्वभरका नेता कोप २६ को विश्व सम्मेलनमा भेला भएपनि पुटिन त्याहा पुगेका थिएनन् । रुस अमेरिकाले युक्रेनलाई नेटो सैन्य गठबन्धनमा समावेश नगर्ने ग्यारेन्टी दिनुपर्नेमा अडिग छ । तर नाटोका महासचिव जेन्स स्टोल्टनबर्गले गठबन्धनमा कसलाई समावेश गर्ने र कसलाई नगर्ने भन्नेमा रुसको कुनै भूमिका नभएको स्पष्ट पारेका छन् ।

पूर्व अमेरिकी र नेटो कूटनीतिज्ञहरूले पनि रूसबाट यस्तो मागको लागि कुनै स्थान नभएको बताएका छन् ।अमेरिकी गुप्तचर निकायले पनि रुसले युक्रेनसँगको सिमानामा करिब ७० हजार सैनिक तैनाथ गरेको भन्दै नयाँ वर्षको सुरुमा आक्रमण हुन सक्छ चेतावनी दिएको छ। तर, यदि पुटिनले यस्तो कदम उठाए भने यो उनको लागि ठूलो जोखिम हुने गुप्तचर निकायको ठहर छ ।

अमेरिकी अधिकारी र पूर्व कूटनीतिज्ञहरूले युक्रेनको सेना पहिलेको तुलनामा अहिले धेरै राम्रो र तयार भएको बताएका छन् । रुसले यो कदम चाले रुसको अर्थतन्त्रलाई पनि ठूलो नोक्सान हुने विश्लेषण छ । युद्धको आशंकाका बीच गत हप्ता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नाटोले युक्रेनको भूमि रुसविरुद्ध प्रयोग गरे त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए।

युक्रेनमा रुसको सम्भावित आक्रमणबारे पश्चिमी देशहरूले व्यक्त गरेको चिन्ताबारे पुटिनले आफूले पनि आफ्नो सिमानामा नेटोको गतिविधि नियालिरहेको बताएका थिए । युक्रेनले पनि अर्को महिना रुसले आक्रमण गर्न सक्ने आशंका पनि व्यक्त गरेको छ । युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले रुसका ९४ हजार ३०० सैनिक आफ्नो सीमामा तैनाथ रहेको र जनवरीमा उनीहरुको संख्या अझै बढ्न सक्ने बताएका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top