२९ मंसिर, एजेन्सी ।
पाकिस्तानको कराँची सहरमा दिनदहाडै एक महिला सामाजिक कार्यकर्तामाथि चक्कु प्रहार गरी हत्या गरिएको छ ।
प्रहरीका अनुसार आक्रमणकारी ती युवतीकी छिमेकी थिए र उनी नशाको लतमा थिए । यो घटना मंगलबार न्यू कराची क्षेत्रमा भएको थियो ।
२४ वर्षीया सबा असलम आफ्नो घरबाट बाहिर निस्कनेबित्तिकै उनीमाथि हला भएको थियो । उनलाई लगत्तै अब्बासी शहीद अस्पताल पुर्याउँदा डाक्टहरुले मृत घोषणा गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा आएका दुई नकाबधारीले उनको ढाडमा हतियारले प्रहार गरेका थिए ।
असलम पछिल्लो पाँच वर्षअघि अनीसा असलम वेलफेयर नामको संस्था स्थापना गरेकी थिइन् । उनको संस्थाले बाल श्रम र विधवा महिलाका लागि काम गर्थ्यो ।