५ पुस, काठमाडौँ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७४ पुगेको छ।
सोमबार २६३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार २२५ सक्रिय संक्रमित रहेका छन्।
गत २४ घन्टामा २ हजार ७२५ पीसीआर तथा १ हजार ४१६ एन्टिजेन परीक्षण भएको छ।