एजेन्सी, साउन २८
पछिल्लो केही समयदेखि अभिनेत्री विद्या बालन प्रेग्नेन्ट भएको खबरहरु आइरहेका छन् । हालसम्म यस विषयमा विद्या बालनको कुनै आधिकारीक बयान भने आएको छैन । तर यसैबीच विद्याको अर्को प्रोजेक्टबारे एउटा ठूलो खुलासा भएको छ ।
खबरहरुका अनुसार विद्या चाडैं भारतकी शक्तिशाली महिला राजनीतिज्ञ तथा प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखा पर्दै्छिन् । यो एउटा वेभ सिरिज हुने बताइएको छ । विद्या आफ्नो नयाँ भूमिकाका लागि निकै उत्साहित छिन् ।
विद्याले त्यो भूमिका आफुले सौभाग्यले पाएको बताएकी छिन् । यो सिरिजमा इन्दिरा गान्धीको बाल्यकालदेखि उनी प्रधानमन्त्री बनेको
समयसम्मका घटनाहरुलाई राखिने बताइएको छ । सिरिज वरिष्ठ पत्रकार सागरिक घोषको पुस्तक ‘इन्दिराः इन्डियाज मोस्ट पावरफुल प्राइम मिनिस्टर’ माथि आधरित रहेको बताइएको छ । वेभ सिरिजको शूटिङ चाडैं नै शुरु हुने बताइएको छ ।