×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026

पुँजीगत खर्च नबढ्नुको कारण के हो, के भन्छन् मन्त्रालयका सचिव ?

२० पुष २०७८

२० पुस, काठमाडौं ।
प्रतिनिधि सभा अन्र्तगतको अर्थसमितिले सोमबार धेरै विकास खर्च गर्ने मन्त्रालयका मन्त्री तथा सचिवहरुसँग चालु आर्थिक वर्षमा पुँजीगत खर्चको विषयमा छलफल गरेको छ ।

समितिले पुँजीगत खर्चबारे भौतिक पुर्वाधार तथा यातायात,कृषि तथा पशुपन्छी, बन तथा वातावरण, सहरी बिकास, उर्जा जलस्रोत तथा सिंचाइ,सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवहरुसँग जानकारी लिएको हो । मन्त्रालयका प्रायः सबै सचिवहरुले चालु आर्थिक वर्षको चार महिनामा पुँजीगत खर्च सुधार नभएको स्वीकार गरेका छन् ।

अर्थ मन्त्रालयले भौतिकको २ अर्ब रुपैयाँ बराबर बजेट रोक्यो

जसमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रबिन्द्रमान श्रेष्ठले अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा सोचे जस्तो पुँजीगत खर्च गर्न नसकेको बताए । सचिव श्रेष्ठले मन्त्रालयले सोचे जस्तो पुँजीगत खर्च गर्न नसेको बताएका हुन् ।

उनले अर्थमन्त्रालयले भौतिक मन्त्रालयलाई करिब साढे २ अर्ब रुपैयाँ बराबर बजेट भुक्तानी रोकेको बताए । सचिव श्रेष्ठले चालु आर्थिक वर्षको सुरुवात सरकार परिर्वतन भई बजेट योजनाहरु रोक्दा सोचे अनुसार पुँजीगत खर्च नभएको बताए ।

उनले नयाँ सरकारले सबै योजनाहरु रोकेर प्रतिस्थापन विद्ययक ल्याउनले पनि तीन महिना योजना कार्यान्वयनमा ढिला भएको बताए । मन्त्रालयले साउन महिनामा नै ठेक्का व्यवस्थापन गर्नु पर्ने बेलामा कात्तिक र मंसिरमा मात्रै ठेक्का व्यस्थापन गरिएको उनले बताए ।

सचिव श्रेष्ठले काम भइरहेका र भइसकेका आयोजनाको भुक्तानी समेत अर्थ मन्त्रालयले रोकिदिएका कारण समग्र खर्च कम देखिएको बताए । सचिव श्रेष्ठले भने,‘ विगतका वर्षहरुको भन्दा चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म पँजीगत खर्च हुन सकेको छैन मन्त्रालयले हालसम्म ११ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ ।

विगतका वर्षहरुमा जस्तो यो वर्ष पुँजीगत खर्च भएको छैन। पुँजीगत खर्च हुन सक्नुका विभिन्न कारणहरु रहेका छन्। सरकार परिर्वतनको कारण नयाँ सरकारले प्रतिस्थापन विद्येयक ल्याउँदा बजेट कार्यान्वयन दुई महिना पछाडी सरेकाले पनि खर्च हुन सकेन ।

परियोजना पछाडी सर्दा नयाँ ठेक्का व्यवस्थापन पनि गर्न सकिन । साउन र भदौमा ठेक्का व्यवस्थापन गर्नु पर्नेमा यो वर्ष कात्तिक र मंसिरमा मात्रै ठेक्का व्यवस्थापन गरिएको थियो । करिब अढाई अर्ब खर्च भएको भुक्तानी हुन सकेको छैन ।

अर्थ मन्त्रालयले भुक्तानीमा किन ढिलाई गरिरहेको छ बुझ्न सकिएको छैन । त्यस्तै, यसअघि खारेज गरिएका तीन सडक डिभिजन कार्यालयहरूबाट हुने काम नहुँदा थप समस्या आएको छ। अब ललितपुर सडक डिभिजन ,खुर्कोट र गुल्मी सडक डिभिजन कार्यालय पुर्नस्थापना गर्न लागिएको छ ।

यी सडक डिभिजन कार्यालय खारेज भएपछि ५÷६ वटा जिल्लामा सडकको खर्च ठप्प छ । काम नै ठप्प भएपछि ती डिभिजन कार्यालय ब्युँताउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएका छौं । त्यस्तै, मन्त्रालयबाट काम भइरहेका र भइसकेका आयोजनाको भुक्तानी समेत अर्थ मन्त्रालयले रोकिदिएको छ । भुक्तानी रोकिएका कारण समग्र खर्च कम देखिएको हो ।’

पशुपन्छी विकास मन्त्रालयमा ७.३ प्रतिशत मात्रै पुँजीगत खर्च

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोबिन्दप्रसाद शर्माले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म पुँजीत खर्च सुधार नभएको बताए । उनले चालु आर्थिक वर्षको सुरुवात देखि हालसम्म ७.३ प्रतिशत मात्रै पुँजीगत खर्च भएको बताए ।

सचिव शर्माले कृषि मन्त्रालयका ठूला कृषि परियोजनाहरुमा कर्मचारी अभाव भएको कारण बिनियोजित वार्षिक बजेट खर्च गर्न नसकिएको बताए । सचिव शर्माले भने,‘चालु आर्थिक वर्षको आजको मितिसम्म ७.३ प्रतिशत मात्रै पुँजगत खर्च भएको छ ।

विगतमा जस्तो यो वर्ष पुँजीगत खर्चमा खासै सुधार भएको छैन । कृषि मन्त्रालयका ठूलो कृषि परियोजना प्रधानमन्त्री कृषि आधुनिक परियोजनामा काम गर्ने जनशक्तिको अभावको कारण काम गर्न सकिएको छैन । मन्त्रालयको अहिलेको सबैभन्दा ठूलो समस्या भनेको कर्मचारी अभाव हो ।

अहिले करिव ४५ प्रतिशत कर्मचारी कम रहेका छन्। मन्त्रालय र मातहतका निकायमा कर्मचारी पर्याप्त नहुँदा नै बजेट खर्चमा समस्या आएको हो । मन्त्रालयअन्तर्गत सबैभन्दा बढी बजेट छुट्याइएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनामै कर्मचारी छैनन् ।

यता कर्मचारी पठाए उता रिक्त हुने, उता पठाए यता खाली हुने अवस्था छ । वार्षिक योजना तथा कार्यक्रमको पूर्व तयारीबिनै बजेट छुट्याइनु र त्यस्ता कार्यक्रममा श्रोत सुनिश्चितता नहुनु पनि समस्या रहेको छ । चालू आर्थिक वर्षमा कृषि मन्त्रालयले ६५–७० प्रतिशत मात्रै पुँजीगत खर्च गर्न सक्ने अनुमान गरिएको छ ।’

सहरी विकास मन्त्रालयमा १३ प्रतिशत मात्रै पँुजीगत खच

त्यस्तै, सहरी विकास मन्त्रालयका सचिव मणिलाल गेलालले नेपालमा आर्थिक वर्षको अन्तिममा खर्च गर्ने प्रवृति कायम रहेकाले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म पुँजीगत खर्च हुन नसकेको बताए ।

उनले सहरी विकास मन्त्रालयले यो अवधिमा जम्मा १३ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको बताउनु भयो । सचिव गेलालले यो वर्ष सरकार परिर्वत तथा प्रतिस्थापन विद्येयकको कारण आयोजना पछाडि सर्दा बजेट खर्च गर्न नसकिएको बताए ।

उनले अर्थमन्त्रालयबाट भुक्तानी नहुँदा काम सकिएको परियोजनाको भुक्तानी समेत दिन नसकिएको बताए । सचिव गेलालले भने,‘अझै बजेट खर्च असर मसान्तमा मात्रै उल्लेखित रुपमा हुने प्रवृति रहेको छ । चैत महिना देखि असारसम्म बजेट खर्च हुने गति उस्तै हुन्छ ।

पछिल्लो तीन वर्षको तुलना गर्दा २०७६÷७७ को मंसिरमा २७.२४ प्रतिशत गत वर्ष १६ प्रतिशत रहेको थियो । यो वर्ष १३ प्रतिशत मात्रै भएको छ । चालु आर्थिक वर्षमा विगतको दुई वर्ष भन्दा पनि पुँजीगत खर्च कम भएको छ । बजेट खर्च हुन नसक्नु सबै मन्त्रालयको एउटै कारण रहेका छन।

पहिलो कारण भनेको सरकार परिर्वतन भएर नयाँ प्रतिस्थापन विद्येयकका कारण खर्च कम भएको हो ।अन्य हामी जेठ १५ मा बजेटमा बैशाखको अन्तिमसम्म कार्यक्रम बनाउँछौ । जेठ र असार दुई महिना बाँकी हुन्छ । यो दुई महिनामा सकिने अपेक्षा गरिन्छ ।

तर, जेठ १५ को बजेटमा त्यस्तो हुँदैन । कारण बस काम सकिदैन । यस्ता कार्यक्रमलाई क्रमागत भनिएको छ । त्यस्तै अर्थमन्त्रालयबाट भुक्तानी नहुँदा काम सकिएको परियोजनाको भुक्तानी समेत दिन नसकिएको अवस्थाले बजेट खर्च भएको छैन ।’

जनशक्तिको आंकलन गर्न नसक्दा पुँजीगत खर्चमा असर

वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेम नारायण कंडेलले सरकारले विकासको गति अनुसार जनशक्तिको आंकलन गर्न नसक्दा पुँजीगत खर्चमा असर परेको बताए । उनले नेपालले विकासको गति मागेको तर बजेटको आकारमा खोजेको बताए ।

सचिव कंडेलले बजेटको आकार र विकासको गति बढाँउदा जनशक्तिको आकंलन गर्न नसकेको बताए । उनले वन मन्त्रालयलको बजेट खर्च गर्ने विशेषता फरक रहेको बताए । सचिव डा. कंडेलले भने,‘ विगतका वर्षमा विकास बजेट ८० प्रतिशतसम्म खर्च भएको थियो ।

तर चालु आर्थिक वर्षको अहिलेसम्म ५.२८ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । आर्थिक वर्षको अन्तिममा गएर बजेटको ३८ देखि ३९ प्रतिशत बजेट खर्च गर्ने प्रचलन रहेको छ ।तर वन मन्त्रालयको अन्तिममा बढी खर्च हुनेको अन्य मन्त्रालयको भन्दा फरक रहेको छ।

वन मन्त्रालयले विक्षारोपन गर्नु पर्ने कार्यक्रमहरु भएकाले जेठ असार महिनामा नै काम हुने भएकोले अन्तिम समयमा खर्च हुने हुँदा अहिले कम खर्च देखिएको छ । तर, ५ प्रतिशत भन्दा बढी नै हुने थियो । तर, यो वर्ष विभिन्न कारणले गर्दा खर्च कम नै भएको छ ।

जसमा प्रतिस्थापन विद्येयकका कारण बजेट कार्यान्वय रोकियो । अर्थतन्त्रमा पनि राजनीतिक जोडिने भएकाले हुन्छ । जसमा त्यही कारण थियो । यसले गर्दा असार देखि भदौ महिनासम्म विकास निर्माणको काम रोकियो । दशै पछि मात्रै काम सुरु भएका छन ।

नेपालले विकासको गति मागेको तर बजेटको आकारमा खोजेको छ । बजेटको आकार र विकासको गति बढाँउदा जनशक्तिको आकंलन गर्न सकेको छैन।’

उर्जामा पुँजीगत खर्च उत्कृष्ट

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव देवेन्द्र कार्कीले उर्जा मन्त्रालयको पुँजीगत खर्चमा कुनै समस्या नभएको बताए । उनले उर्जा क्षेत्रमा निजी क्षेत्रको प्रशस्त लगानी भएकाले पुँजीगत खर्च राम्रो रहेको बताए ।

विगतमा पनि उर्जा मन्त्रालयको पुजीगत खर्च १५ देखि १६ प्रतिशत रहेकाले खासै समस्या नभएको बताएका हुन् । उर्जा मन्त्रालयले दुई वटा क्षेत्रमा छुट्याएको छ । जसमा वित्तिय व्यवस्थापन र नेपाल विद्युत प्राधिकरणमा मार्फत खर्च हुने गरेको बताए ।

बजेट ठूला आयोजनामा छुट्याएकाले आयोजनाको कुनै काम अगाडि नबढेकाले आर्थिक वर्ष भरी पनि खर्च हुन नसक्ने अवस्था रहेको बताए । सचिव कार्कीले भने,‘उर्जा मन्त्रालयमा विगत तीन वर्ष देखि निरन्तर रुपमा बजेट कम हुँदै गएको छ । गत वर्ष ७२ अर्ब रहेकोमा यो वर्ष ७१ अर्ब मात्रै बजेट रहेको छ । तर, उर्जा क्षेत्रमा नीजि क्षेत्रको प्रशस्त लगानी रहेको छ। नीजी क्षेत्रको प्रशस्त लगानी भएकाले पुँजीगत खर्च राम्रो नै भइरहेको छ ।

उर्जालाई मात्रै छुट्याएर हेर्दा पुँजीगत र्खच खासै नराम्रो छैन । यसमा दुई वटा क्षेत्र रहेको छ । एउटा वित्तिय व्यवस्थापन गर्ने सरकारको विद्येयक मार्फत खर्च गर्ने गर्छ । अहिलेको ७१ अर्ब बजेटमा १३ अर्ब ७१ करोड मन्त्रालय र विद्युत विभाग र ५१ अर्ब वित्तिय व्यवस्थापन अन्र्तगत नेपाल विद्युत प्राधिकरणले खर्च गर्दछ ।

मन्त्रालयको बजेटमा धेरै जसको बुढीगण्डकी तथा अन्य ठूला आयोजनामा खर्च हुन्छ । तर यी परियोजनाहरु काम अगाडि बढ्न सकेको छैन । यो आर्थिक वर्षभरी पनि खर्च नहुन सक्छ । तर, मुआब्जा लगायतको काममा खर्च भइरहेको छ । अहिले ७१ अर्बमा ७५ प्रतिशत खर्च भएको छ ।’

बजेट खर्चमा सञ्चार मन्त्रालय पनि अगाडि

त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्यालले सञ्चार मन्त्रालय विगत देखि पुँजीगत खर्च गर्न पछाडि नरहेको बताए । उनले विगतका तीन वर्षमा यो मन्त्रालयले ७० प्रतिशत भन्दा कम बजेट खर्च नगरेको बताए ।

मन्त्रालयको जम्मा बजेटको ३० प्रतिशत खर्च मंसिर मसान्तमा पु¥याउने लक्ष्य अनुसार २८ प्रतिशत भएको बताए । उनले यो वर्षको मंसिर समान्तसम्म पुँजीगत खर्चमा गति कम रहेको बताए । सचिव अर्यालले पुस महिनाको अन्तिमसम्म २५ प्रतिशत हाराहारीमा पुँजीगत खर्च गर्न बताए ।

उनले चालु आर्थिक वर्षमा मनत्रालयले ९० प्रतिशत पुँजीगत खर्च गर्ने बताए । सचिव डा. अर्यालले भने,‘ सञ्चार मन्त्रालय विगत देखि पुँजीगत खर्च गर्न पछाडि परेको मन्त्रालय होइन । विगतका तीन वर्षमा यो मन्त्रालयले ७० प्रतिशत भन्दा माथि नै बजेट खर्च गरेको छ।

मन्त्रालयको जम्मा बजेटको ३० प्रतिशत खर्च मंसिर मसान्तमा पु¥याउने लक्ष्य अनुसार २८ प्रतिशत भएको भएको छ । चालु आर्थिक वर्षको मंसिर समान्तसम्म पुँजीगत खर्चमा गति कम रहेको छ । डिजिटल फाउण्डेशन बनाउने योजना अलि पछाडी सारिएको छ।

त्यसले गर्दा पनि बजेट खर्च अन्तिम समयमा हुन्छ । यो वर्षको पहिलो चार महिनामा जम्मा बजेटको २८ प्रतिशत खर्च भएको छ । पुस महिनाको अन्तिमसम्म २५ प्रतिशत हाराहारीमा पुँजीगत खर्च गछौ । चालु आर्थिक वर्षमा मनत्रालयले ९० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य छ ।’

डा. सचिवले अन्य मन्त्रालयको जस्तो सञ्चार मन्त्रालयको योजनामा ५ देखि ६ अर्बको बजेट नभएको बताए । उनले सञ्चार मन्त्रालयको सबै योजना गरेर जम्मा २ अर्बको मात्रै योजना रहेको बताए ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top