२८ पौष, डडेृल्धुरा । डडेल्धुरामा कोरोनाको खोपमा लक्ष्य पुरा भएको दाबी गरिएको छ । गत वर्ष माघ १४ गतेदेखि सुरु गरिएको खोप अभियानका क्रममा पुस अन्तिम सातासम्म ६७ प्रतिशतले खोप लगाएको बताइएको छ ।
खोप लगाउनुपर्ने १ लाख ५ हजार २ सय ९० जना मध्ये ७० हजार ५३ अर्थात ६७ प्रतिशतले खोप लगाएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।
त्यसमध्ये ६० प्रतिशत अथवा ५२ हजार ५ सय ७५ ले पूर्ण खोप र बाँकीले एकल डोज खोप लगाएको स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर विमला ज्ञवालीले जानकारी दिए । सरकारले पौष मसान्तसम्म ६६ प्रतिशत जनसंख्यालाई खोप लगाईसक्ने लक्ष्य राखेको छ ।