सत्ता गठबन्धनमा महानगर र उपमहानगरको भागवण्डा टुंगियो

६ बैशाख ७९, बुधबार

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाएको छ । सहमति अनुसार कांग्रेसले ३ महानगर र ७ उपमहानगरपालिकाको नेतृत्व पाउने भएको छ ।

Advertisement

कांग्रेसको भागमा भरतपुर,ललितपुर र विराटनगर महानगरपालिका परेका छन् । त्यस्तै धरान,इटहरी,कलैया,बुटवल,तुलसीपुर,नेपालगञ्ज र धनगढीको मेयर कांग्रेसले पाएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको नेतृत्व पाउने भएको छ ।

नेकपा एसले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिका पाउँदा जनता समाजवादी पार्टीले बिरगञ्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाएको छ ।

Advertisement

यो सहमतिमा शीर्ष बैठकपछि हस्ताक्षर हुने र देशभरका सबै पालिकामा तालमेल गर्ने सहमति भएको गठबन्धन बैठकमा सहभागी एक नेताले बताए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top