१३ असार,काठमाण्डौँ। नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अब बन्ने कुनै पनि प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी ओलीले जस्तो संविधानविपरीत प्रतिनिधिसभा विघटन गर्न आँट नगर्ने बताएका छन् ।
सोमबार आयोजित एक अन्तर्क्रियामा खनालले ओलीले पटक(पटक संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेको बताएका थिए ।
संसद विघटन गरेर ओलीले सबै शक्ति आफूमा केन्द्रित गर्न खोजेको खनालको भनाइ थियो ।
संविधान बचाउनका लागि वाम(लोकतान्त्रिक गठबन्धन बनाइएको खनालको भनाइ थियो ।
उक्त गठबन्धनले ‘संविधान बचाएको’ दाबी गर्दै खनालले गठबन्धनको औचित्य रहेको तर्क गरे ।
‘अब संविधान त बच्यो । अब संविधानलाई तलमाथि गर्न कसैले सक्छ रु अब आँट गर्दैन । अब यो देशका कुनै पनि प्रधानमन्त्रीले फेरि म संसद विघटन गर्छु भनेर खड्गप्रसाद शर्मा ओलीको बाटो हिँड्नेवाला छैनन्,’ खनालले भने ।
ओली संसदलाई असफल बनाउन लागेको लाग्यै गरेको खनालको आरोप थियो । तर, स्थानीय तहको चुनावपछि भने उनी सिताङ्ग भएको उनको भनाइ थियो ।
‘ओलीजी यसलाई संसदलाई असफल बनाउन लाग्नुभयो । लागेको लागेकै । तर, स्थानीय तहको निर्वाचनपछि उहाँ पनि सिताङ्ग हुनुभयो,’ खनालले भने । त्यसपछि भने बिनासर्त संसद चल्न दिन ओली तयार भएको खनालको भनाइ थियो ।