रामायण सर्किटले दुई देशको सम्बन्ध मजबुत बनाउँने पर्यटनमन्त्रीको भनाई

रामायण सर्किटले दुई देशको सम्बन्ध मजबुत बनाउँने पर्यटनमन्त्रीको भनाई

१७ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भगवान् राम र सीतासँग जोडिएका धार्मिक स्थलहरुलाई स्थलमार्गबाट जोड्ने रामायण सर्किटले नेपाल–भारतको सम्बन्ध अझ मजबुत बन्ने विश्वास व्यक्त गरेका छन् । रामायण सर्किटले नेपाल र भारतमा धार्मिक पर्यटनको प्रवर्द्धन हुनुका साथै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास मन्त्री श्रेष्ठले व्यक्त गरेका हुन् ।बिहीबार मन्त्रालयमा भारतीय दूतावासकी मिसन उपप्रमुख नाग्मग्या सी खम्पासँगको भेटमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । भेटमा नेपाल–भारतका हवाई सेवासम्बन्धी अन्य विषयमा पनि छलफल भएको थियो । खम्पाले मन्त्री श्रेष्ठलाई कार्यकालको शुभकामना व्यक्त गरेकी थिइन् ।सो भेटमा मन्त्री श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि पश्चिम क्षेत्रबाट प्रवेश बिन्दु उपलब्ध गराउने विषयमा छलफल गरी निष्कर्ष निकाल्न नेपाल–भारतबीच संवाद गर्नुपर्ने बताए ।महेन्द्रनगर, नेपालगञ्ज र भैरहवाबाट हवाई प्रवेश बिन्दु उपलब्ध गराउन आवश्यक छलफल गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । भेटमा दुई देशको पर्यटन प्रवर्द्धनका विषयमा समेत छलफल भएको थियो । सांस्कृतिक, साहसिक तथा खेल पर्यटन प्रवर्द्धनका विषयमा समेत छलफल भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.