भदौ ४ : अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की स्टारर फिल्म ‘चङ्गा चेट’ को अफिसियल गीत इन्टरनेट रिलिज भएको छ । सोमवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘गोजीमा दाम छैन’ बोलको गीतमा राजनराज सिवाकोटी, मेलिना राई र ग्रिष्मा सिवाकोटीले स्वर भरेका छन् ।
राजनराज स्वयमको संगीत रहेको गीतको शब्द हरिहर तिमल्सिनाले लेखेका हुन् । प्रविन सिंहको कोरियोग्राफी रहेको गीतको भिडियोमा तीन जोडी फिचर्ड छन् ।कलाकार रविन्द्र झासँग अभिनेत्री सुरक्षा पन्तको जोडी देख्न सकिन्छ भने कलाकार सन्दिप क्षेत्री र अभिनेत्री परमिता आरएल राणा जोडी छन् । गीतमार्फत् फिल्मको कथा प्रस्ट्याइएको छ । पैसा नहुने मान्छेको कुनै काम नहुने कुरा गीतले बोल्छ ।
माधव वाग्ले र शर्मिला पाण्डे निर्मित यस फिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् । फिल्म डार्क कमेडी रहेको निर्देशक खनालले बताए । उनका अनुसार, काठमाडौं बसेर संघर्ष गरिरहेका पात्रको कथा फिल्मले बोल्नेछ । गीत सार्वजनिक गरेसँगै निर्माण टिमले फिल्मको नयाँ प्रदर्शन मिति कात्तिक १६ गतेलाई घोषणा गरेको छ । यसअघि यो चलचित्र भाद्र १५ गते आउने तय भएको थियो
फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । यो फिल्ममा अर्जुन पोखरेलको पनि संगीत छ । निरक कँडेलको छायांकन रहेको फिल्मको सम्पादन दिर्घ खड्काले गरेका छन् ।