NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी शनिबार पुस १९ , २०८२
शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु शनिबार पुस १९ , २०८२
भद्रपुरमा बुद्ध एयरको भयानक दुर्घटना, रनवे सकिएको पत्तै पाएन शनिबार पुस १९ , २०८२
अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ? शुक्रबार पुस १८ , २०८२
Next
Prev

समाचार

बालेनको सफलताले हर्कको मन पोल्यो

बिहिबार भदौ ९ , २०७९
Reading Time: 1 min read
A A
बालेनको सफलताले हर्कको मन पोल्यो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

९ भदौ ,काठमाण्डौ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले कानून विपरित अनधिकृत रुपमा बनाएका संरचनामा डोजर चलाएर सर्वसाधारणको तर्फबाट वाहवाही बटुलिरहेको अवस्थामा केही साना व्यवसनयी उनकाविरुद्ध नारावाजीमा उत्रिएका छन् । तिनै व्यवसायीको पक्ष लिदै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले  मेयर बालेनलाई सुझाव दिएका छन् ।

धरानका मेयर साम्पाङको ध्यान पछिल्लो केही देखि आफ्नो उपमहानगरमा भन्दा पनि काठमाडौंमा बेसी छ । केही दिनअघि काठमाडौं पुगेर फर्केदेखि उनी यहाँका मेयर साहविरुद्ध सामाजिक सञ्जालमा लगातार खनिदै आएका छन् । फोहोर व्यवस्थापनबाट सुरु भएको उनको सुझावसहितको प्रहार अहिले बालेनले चलाएको डोजरसम्म आईपुगेको छ ।

अहिले काठमाडौंका मेयर साह सडक मिचेर गरिएका फुटपाथ व्यवसाय तथा अन्डरग्राउन्डका पसलहरू हटाउन व्यस्त छन् । उनको यो कार्यले सामाजिक सञ्जालमा वाहवाही बटुलिरहेको छ । यद्यपि, साना व्यवसायीहरू भने महानगरसँग क्रुद्ध छन् । हिजो उनीहरूले महानगर अगाडि बालेनविरुद्ध नारावाजीसमेत गरेका थिए ।

यही साना व्यवसायीको आवाजमा धरानका मेयर साम्पाङले आफ्नो आवाज थपेका छन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै बालेनप्रति असहमति र साना व्यवसायीप्रति सहानुभूति दर्शाएका हुन् । व्यवस्थापन र पुनर्वासको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु नहुने साम्पाङको मत छ ।

‘सबैको बाँच्ने अधिकार हुन्छ,’ उनले भनेका छन् । अर्को स्टाटसमा साम्पाङले गरिबलाई हेप्नेहरू धुलीसात भएर जाने चेतावनी दिएका छन् । ‘यो संसार तिनै गरिबहरुको श्रमले चलेको छ । संसार बदल्ने शक्तिको स्रोत कहिँ छ त त्यो हो गरीबको भोको पेट र नाङ्गा आङमा,’ साम्पाङले लेखेका छन् ।

सामाजिक सञ्जालमा अति सक्रिय साम्पाङले आज बिहानै तीनवटा स्टाटस लेखे । उनी लाइभमा समेत आए । बिहानै ५ः५२ मा उनले आफ्ना आलोचकहरूप्रति लक्षित गर्दै पहिलो स्टाटस लेखेका थिए । ‘मेरो स्टाटस हेर्न मन नपराउनेहरू र मेरो कार्यहरू देख्न मन नपराउनेहरू सबैले मलाई ब्लक गरिहाल्नु । रिसाउँदै हेरिरहनुको कुनै तुक छैन ।’ उनले भनेका छन् ।

यसअघि हिजो मेयर साम्पाङले धरानमा नगरको विकासको लागि श्रमदान नगरे कक्षा उतीर्ण नहुने नियम लागु गरिने बताएका थिए । उनले लेखेका थिए, धरानमा नगरको विकासको लागि श्रमदान नगरे कक्षा उतीर्ण नहुने नियम लागु गरिने छ । श्रमदानको अर्थ बेस्सरी काममा जोत्ने भन्न खोजेको होइन प्रतीकात्मक हुनेछ विद्यार्थीको सहभागिता ! मेयर हर्कको यो तर्कको भने धेरैले वालश्रमसँग जोडेर आलोचना गरेका थिए ।

Tags: #मेयर हर्क साम्पाङ्ग#मेयर बालेन्द्र साह#बालेनको सफलता# हर्कको मन पोल्यो

लोकप्रीय

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

शनिबार पुस १९ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु

आज बाट श्री स्वस्थानी व्रत सुरु

शनिबार पुस १९ , २०८२

विचार

थप समाचार

निर्वाचन

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु
समाज

आज बाट श्री स्वस्थानी व्रत सुरु

शनिबार पुस १९ , २०८२
भद्रपुरमा बुद्ध एयरको भयानक दुर्घटना, रनवे सकिएको पत्तै पाएन
समाचार

भद्रपुरमा बुद्ध एयरको भयानक दुर्घटना, रनवे सकिएको पत्तै पाएन

शनिबार पुस १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

टर्कीएमा आ ईए सविरुद्ध का रबाही, भारत चौथो अर्थतन्त्र || Nepal Times

00:24:02

भेनेजुएलामा अमेरिकाको पहिलो भूमिगत आक्रमण, ट्रम्पलाई नेतन्याहुको सम्मान|| Nepal Times

00:20:57

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गर्यो,ट्रम्प रिसले चुर

मङ्लबार पुस १५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर

शुक्रबार पुस १८ , २०८२
जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

शनिबार पुस १९ , २०८२

हालका पोस्टहरू

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

शनिबार पुस १९ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु

आज बाट श्री स्वस्थानी व्रत सुरु

शनिबार पुस १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.