×

NEPAL TIMES UPDATES

Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026

तराईमा बालबालिका अपहरणको हल्ला के हो ?

२७ भाद्र २०७९

२७ भदौ , विराटनगर ।

केही दिनयता तराईका विभिन्न जिल्लामा विद्यार्थी अपहरण गरेर भारत लैजान थालिएको हल्ला सामाजिक सञ्जालमा फैलिरहेको छ । सामाजिक संजालमा फैलिएको यही हल्लाकै कारण केही भारतीयहरु कुटिएका छन् भने बालबालिका र अभिभावकमा त्रास फैलिएको छ । तर अहिलेसम्म न कुनै अपहरणकारी फेला प्रहरीले पारेको छ , नत बालबालिका हराएको भन्ने सुचना नै प्रहरी समक्ष पुगेको छ ।

Advertisement

यद्यपि सामाजिक संजालमा फैलिएको हल्लाकै आडमा बालबालिकाको सुरक्षा चुनौती बढ्ने भन्दै प्रहरीले सीमावर्ती क्षेत्रमा सुरक्षा तैनाथी बढाएको छ । पछिल्लो समय तीन बालकलाई अपहरणको शैलीमा भारतको मुम्बई पु¥याइपछि स्कूल जाँदा–आउँदा बालबालिकाको विशेष ख्याल गर्न रूपन्देहीका विद्यालयहरूले आग्रह गरेका छन् ।

जिल्लाका विभिन्न स्कूल र अभिभावक महासंघले सूचना प्रकाशित गरेर भारतबाट बच्चा चोरेर लैजाने गिरोह आएको भन्दै विद्यालय समयभन्दा छिटो गरी बालबालिकालाई स्कूल नपठाउनसमेत आग्रह गरेका छन् । जसले गर्दा यहाँका अभिभावकहरू त्रसित बनेका छन् । सामाजिक सञ्जालमा हल्ला भइरहेका बेला बुटवलमा भएको पछिल्लो घटनाले अभिभावक तथा बालबालिकालाई अझ झस्काएको छ ।

बुटवल उपमहानगरपालिका–११ दुर्गानगरका १५ वर्षका सागर पौडेल तथा समिर लम्साल र १४ वर्षका प्रदीप पन्थी विद्यालय जान भनी हिँडेका थिए । उनी विद्यालय नगई एकाएक भारतको मुम्बईमा पुगेको सूचना आएपछि यस क्षेत्रमा बालबालिका अपहरणको त्रास बढेको हो । उनीहरू नवीन औद्योगिक मावि र नहर माविमा कक्षा ८ र ९ मा पढ्ने विद्यार्थी हुन् ।बुटवलको इलिट इङलिस बोर्डिङ स्कूलले सूचना प्रकाशित गरी बालबालिकाको विशेष ध्यान दिन आग्रह गरेको छ ।

त्यस्तै बुटवलकै इडन बोर्डिङ स्कूलका प्राचार्य शिवहरि भट्टराईले सूचना प्रकाशित गरी अपरिचित व्यक्तिसँग सामिप्यता बढाउन नदिन आग्रह गर्दै सूचना प्रकाशित गरेका छन् । नेपाल अभिभावक महासंघ लुम्बिनी प्रदेश समितिले पनि विज्ञप्ति जारी गर्दै सार्वजनिक भइरहेका घटनाले बालबालिकालाई मनोवैज्ञानिक रूपमा असर गरेको बताएको छ । विद्यालयले यसरी सूचना जारी गरिरहदा पनि जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रवक्ता श्यामु अर्यालले भने जिल्लामा हालसम्म बच्चा अपहरणसम्बन्धी एउटा पनि उजुरी नपरेको बताएका छन् ।

‘कोही नयाँ मानिस देख्यो भन्ने बच्चा चोरी गर्न आयो भन्ने हल्ला फैलाइएको छ’, प्रवक्ता अर्यालले भने, ‘आफ्ना बच्चा ख्याल गर्नु राम्रो हो तर, अनावश्यक हाउगुजी बढी बनाइएको छ । प्रदेश १ का भारतीय सीमा जोडिएका मोरङ, सुनसरी र झापामा पनि यस्ता हल्ला नफैलिएका होइनन् । तर प्रहरीले भने यस्ता हल्ला निराधार रहेको बताएको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले बालबालिका अपहरणको हल्ला निराधार रहेको बताएका छन् । यो अफबाह मात्रै रहेको र प्रदेश १ मा अहिलेसम्म सामाजिक संजालमा फैलिए जसरी बालबालिका अपहरण सम्बन्धी एउटा पनि घटना नघटेको बताएका छन् ।

Advertisement

उनले नेपाल सँग सीमा जोडिएका भारतका विहार र उत्तर प्रदेशमा अफवाहकै कारण सडक मानव तथा मानसिक स्वास्थ्य समस्या भएका ब्यक्तिहरु कुटिएको भन्दै प्रहरीले सीमा क्षेत्रका स्थानहरुमा सुरक्षा व्यवस्था र चेकजाँच कडा पारिएको बताएका छन् । उनले अफवाहकै बीचमा अन्य अपराधिक घटना घट्न सक्ने संभावना भने रहने भन्दै सबै सचेत र चनाखो हुनुपर्नेमा जोड दिएका छन् ।

भर्खरको समाचार

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्बन्धित खबरहरु

Scroll to Top