×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026

बेलायतको अर्थतन्त्र ओरालो, देखियो मन्दी

१० आश्विन २०७९

१० असोज,एजेन्सी ।

दोहोरो अंकको मुद्रास्फीति र पाउन्ड स्टेर्लिङ कमजोर बन्दै जाँदा बेलायतको अर्थतन्त्रमा मन्दीको संकेत देखा परेको छ। पछिल्लो समय बेलायतको मुद्रा पाउन्ड स्टेर्लिङ अमेरिकी डलरको तुलनामा कमजोर बन्दै गएको छ। पाउन्ड स्टेर्लिङ सोमबार अमेरिकी डलरको तुलनामा ४ प्रतिशतले कमजोर बनेको छ।

पाउन्ड स्टेर्लिङ डलरको तुलनामा हालसम्मकै कमजोर बनेको छ। गत साता बेलायती प्रधानमन्त्री लिज ट्रसले ५० वर्षपछि कर प्रणालीमा हेरफेर गरेकी थिइन्। योसँगै बेलायतको मुद्रा बजार झनै कमजोर बन्दै गएको छ। रुस र युक्रेनको युद्धले इन्धनको मूल्यमा आएको बढोत्तरीसँगै धर्मराएको बेलायतको अर्थतन्त्र प्रधानमन्त्री ट्रसले ल्याएको नयाँ कर प्रणालीले झनै कमजोर बनेको छ ।

विपक्षी पार्टीका केन क्लर्कले आइतबार अहिलेको सरकारको कर प्रणालीले पाउन्ड स्टेर्लिङ झनै कमजोर हुने भन्दै कडा आलोचना गरेका छन् । उनले बेलायत सरकारको कर प्रणलीमा हेरफेर गर्ने निर्णयले धनीहरुलाई मात्रै फाइदा भएको आरोप पनि लगाएका छन् ।

यसअघि प्रधानमन्त्रीको दौडमा रहदा समेत ट्रसले कर नीति र बेलायतको अर्थव्यवस्थालाई नै चुनावी एजेन्डा बनाएकी थिइन । केही महिना अघि मात्रै बेलायतको अर्थतन्त्रलाई भारतले पछि पारेको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोषको अध्ययन प्रतिवेदनलाई उदृत गरिएअनुसार भारतले विश्वकै अर्थतन्त्रको ३.५ प्रतिशत हिस्सा ओगटेको छ ।

पहिलो चौमासिकमा १३.५ प्रतिशतले वृद्धि हुँदा भारतीय अर्थतन्त्रको आकार ३ हजार ८ सय ९४ अर्ब पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यसअघि भारतभन्दा बेलायत निकै अघि देखिएकोमा भारतले गरेको उच्च वृद्धिले बेलायत पछि परेको छ ।

सबैभन्दा बढी अमेरिकाले २४ र चीनले १९ प्रतिशत हिस्सा ओगटेका छन् भने भारतभन्दा अघि जापान र जर्मनी रहेका छन् । आइएमएफको अध्ययनले भारत सन् २०२७ मा संसारको चौथो ठूलो र २९ मा तेस्रो ठूलो अर्थतन्त्र भएको देश बन्ने प्रक्षेपण गरिएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top