×

NEPAL TIMES UPDATES

Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026
Playing
Rabi र Balen लाई फोन गरेर Modi ले के भने ? मिलेर काम गर्न आतुर || Nepal Times
Mar 10, 2026
Playing
Nepal Election अन्तिम मतपरिणामः RSP 125 Seat,अन्य कुन दलको कति ? || Nepal Times
Mar 10, 2026
Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026

दशैं खुशी र उमङ्गले मनाउने एउटा ठूलो पर्व होःमुख्यमन्त्री राई

१६ आश्विन २०७९

१५ असोज, विराटनगर ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आम नेपालीहरूको महान चाड बडादशैं–२०७९ को सुखद् अवसरमा प्रदेश नं. १ सहित देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले नेपाल विविध भाषा धर्म संस्कृतिले धनी देश भएको र सबै जातजाति, समुदायको आ–आफ्ना चाडपर्व मध्ये नेपालीहरूले खुशी र उमङ्गले मनाउने दशैं एउटा ठूलो पर्व रहेको बताएका छन् ।

उनले हाम्रा महत्वपूर्ण पर्वहरूका बीचमै आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेसभाको निर्वाचनमा उल्लासपूर्ण रुपमा सहभागी भई आफ्नो मताधिकारको प्रयोग गर्न, र संविधान, गणतन्त्र, संघीयताको रक्षा, सुदृढिकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन अपेक्षा र अनुरोध समेत गरेका छन् ।

सन्देशमा हाम्रा जुनसुकै चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचानका साथ अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेको राईले उल्लेख गरेका छन् ।

हाम्रा सांस्कृतिक पर्वहरू आपसी सहिष्णुता र भावनात्मक एकताका प्रतीक हुन् सन्देशमा भनिएको छ । पर्वहरूको मौलिकतालाई कायम राख्दै संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता हो । पर्वहरू मनाउने सन्दर्भमा यदाकदा देखिने भड्किलोपन र खर्चिलोपनलाई कम गर्दै पर्वहरू मनाउनु वाञ्छनीय हुने ठान्दछु ।

मुख्यमन्त्रीले शुभकामना सन्देशमा भनेका छन्, नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रूपमा रहेको छ । यो कुरालाई नेपालको संविधानले स्वीकारसमेत गरेको छ ।

त्यतिमात्र होइन यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको छ । त्यसैले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top