×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026
Playing
Watch Top50 News Of The Day Chaitra-20-2082 Nepal Times
Apr 03, 2026
Playing
सभामुख डीपीले के–के सुविधा पाउँछन् ?अहिलेसम्मका सभामुख को–को?|| Nepal Times
Apr 03, 2026
Playing
राष्ट्रिय सभाबाट असहयोग भए बालेन सरकारले कसरी बनाउँछ कानून ? || Nepal Times
Apr 03, 2026
Playing
श्रम स्वीकृतिका लागि टोकन प्रणाली खारेज, केही घण्टामा स्वीकृति || NepalTimes
Apr 03, 2026
Playing
टिकटकर तुलसाले चिमरियालाई कसरी कंगाल बनाइन् ?यस्तो छ आरोप || Nepal Times
Apr 03, 2026
Playing
मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा|| Nepal Times
Apr 03, 2026
Playing
सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा#SARWOCHHA #ADALAT|| Nepal Times
Apr 03, 2026

नेपाल वायुसेवा निगमको जहाजमा फेरि समस्या, दुबईमा ग्राउण्डेड/ उडान अस्तव्यस्त

१६ फाल्गुन २०७९

१७ फागुन, एजेन्सी ।
नेपाल वायुसेवा निगमको एउटा जहाज दुबईमा ग्राउण्डेड भएको छ । पटकपटक व्यवस्थापनमा चुक्दा उडान तालिका नै प्रभावित हुने गरेको निगमको जहाज ग्राउण्डेड भएपछि यसले अन्तर्राष्ट्रिय उडान नै अस्तव्यस्त बनाएको छ । निगमको एयरबस–३२० प्राविधिक समस्या आएपछि आइतबारदेखि दुबईमा ग्राउण्डेड छ ।

यो जहाज ग्राउण्डेड भएपछि अन्तर्राष्ट्रिय उडान अस्तव्यस्त बनेको हो । निगमसँग जहाज हुँदा पनि सही व्यवस्थापन नहुँदा तोकिएको समयमा उडान नहुने र अन्तिम समयमा उडान रद्द गर्ने पूरानो रोग हटेको छैन । ‘दुबईमा जहाजको प्राविधिक समस्या इन्जिनियरले हेर्न सुरु गरिसकेका छन् ।

Advertisement

भएको के हो भन्ने अझै पत्ता लागेको छैन,’ निगमका एक कर्मचारीले भने,’त्यो जहाज मर्मत भएर नआउँदासम्म निगमको तालिकामा केही हेरफेर हुनसक्छ।’ निगमसँग भएका चारमध्ये एउटा जहाज ग्राउण्डेड हुँदा अन्तर्राष्ट्रिय गन्तव्यका लागि पूर्वनिर्धारित तालिका प्रभावित भएको उनले बताएका छन् ।

उनका अनुसार टिकट काटिसकेका यात्रुका लागि निगमले फ्लाइ दुबई लगायत अरु वायुसेवा कम्पनीसँग सहयोग लिँदै आएको छ । उडान समय ढिलाइ भएपनि हालसम्म कुनै पनि गन्तव्यतर्फको उडान रद्द भने नभएको उनले कताएका छन् । काठमाडौं आउने क्रममा जहाजमा प्राविधिक समस्या देखिएको भन्दै निगमको नाइन एन–एकेएक्स कलसाइनको जहाज आइतबारदेखि दुबईमै ग्राउण्डेड गराइएको हो ।

‘जहाजमा सानातिना प्राविधिक समस्या आएर केही समयमै हल गरेर पुनः उडान गर्नु स्वभाविक हो । यस अगाडिको घटनालाई हेर्ने हो भने यही सिरिजको जहाजमा समस्या आउँदा महिनौंसम्म विदेशमै ग्राउन्डेड भएको घटना पनि छ,’ एक हवाई विज्ञले भने । यतिखेर निगमको दुबईमा रोकिएको जहाज निगमकै इन्जिनियरिङ टोलीले चेकजाँच गरिरहेको छ ।

‘हालसम्म आएको जानकारी अनुसार इन्जिनको एउटा उपकरण तातेका कारण उडान नभएको हो,’ निगमका एक कर्मचारीले भने,’यो समस्या उतै समाधान हुन पनि सक्छ । यदि भएन भने सामान खरिद प्रक्रिया अघि बढाइनेछ।’ एक वर्षअघि इन्जिनमा समस्या आएपछि नाइन एन–एकेडब्लु कलसाइनको न्यारोबडी जहाज दोहामा ग्राउन्डेड भएको थियो ।

इन्जिन मर्मतका लागि निगमले ठेक्का दिने टुंगो गरिसकेको थियो । अगाडि नै आएको गडबडी हटाउन डेढ महिना लागेको थियो । निगमसँग हाल दुईवटा एयरबस–३३०, दुईवटा एयरबस–३२० गरी चारवटा जहाज छन् । यी जहाजले दिल्ली, मुम्बई, बैंगलोर, जापान, थाइल्याण्ड, हङकङ, साउदी अरेबिया, दुबई, कतार, मलेसियालगायतका अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएका छन् ।

Advertisement

भर्खरको समाचार

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

इरानको क्षेप्यास्त्रबाट अमेरिका डरायो, सेना प्रमुख पदमुक्त

2269453122

सम्बन्धित खबरहरु

Scroll to Top