२६ फागुन, एजेन्सी ।
वल्र्ड कार अफ द इयर २०२३ को अन्तिम दौडमा तीनवटा कार प्रतिस्पर्धा गर्ने भएका छन् । द वर्ल्ड कार अवार्ड (डब्ल्युसीए) ले यो सूचीमा सामेल भएका कारहरुमध्ये अन्तिम चरणमा छनोट भएका टप थ्री कार घोषणा गरेको हो ।
उक्त सूचीमा हुन्डाईको विद्युतीय कार आयोनिक ६, बिएमडब्ल्यु एक्स १ र कियाको निरो छनोट भएका छन् । यो अवार्ड हरेक वर्ष प्रदान गरिदै आएको छ । कम्पनीले अन्य ५ वटा विधामा पनि अवार्ड वितरण गर्ने गरेको छ ।
जसमा वर्ल्ड अर्बन कार अफ द इयरमा आयोनिक ६, बिएमडब्ल्यु एक्स १ र कियाको निरो प्रतिस्पर्धामा छन् । यस्तै, वर्ल्ड लक्जरी कार अफ द इयरमा बिएमडब्ल्यु ७ सिरिज आई ७, लुसिड एयर र जेनेसिस जी ९० रहेका छन् ।

वर्ल्ड पर्फमेन्स कार अफ द इयर बन्ने प्रतिस्पर्धामा किया इभी ६ जीटी, निसान जेड र टोयोटा जीआर कोरोला तथा वर्ल्ड इलेक्ट्रिक भेहिकल अफ द इयरका लागि आयोनिक ६, बिएमडब्ल्यु आई ७ र लुसिड एयर अन्तिम दौडमा रहेका छन् ।
यसैगरी, वर्ल्ड कार डिजाइन अफ द इयरको प्रतिस्पर्धामा आयोनिक ६, रेन्ज रोभर, र लुसिड एयर रहेका छन् । यो अवार्ड पाउनेहरुको नामावली आगामी अप्रिल ५ मा हुने न्युयोर्क इन्टरनेशनल अटो शोमा घोषणा गरिने बताइएको छ ।
