×

NEPAL TIMES UPDATES

Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026

आइपिएलमा चेन्नाईले खाता खोल्यो, दिल्ली र गुजरात खेल्दै

२१ चैत्र २०७९

२१ चैत, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा चेन्नाई सुपर किंग्सले आफ्नो दोस्रो खेलमा पहिलो जित हात पारेको छ। पहिलो जित हासिल गर्ने क्रममा चेन्नाईले लखनउ सुपर जायन्ट्सलाई १२ रनले पराजित गरेको हो । घरेलु मैदान एमए चिदम्बरम क्रिकेट स्टेडियममा भएको खेलमा लखनउ सुपर जायन्ट्समाथी चेन्नाई १२ रनले विजयी भएको हो ।

चेन्नाईले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ७ विकेट २ सय ५ रन मात्र बनाउन सक्यो । लखनउका लागि ओपनर कायल मेयर्सले लगातार दोस्रो अर्धशतक बनाउने क्रममा २२ बलमा ५३ रन बनाए । मेयर्सले ८ चौका तथा २ छक्का प्रहार गरे ।

निकोलस पुरनले १८ बलमा ३२ रन बनाउँदा मार्कुस स्टोईनसले १८ बलमा २१ रन बनाए । आयुष बदोनीले १८ बलमा २३ रन बनाए । कप्तान केएल राहुलले २० तथा कृष्णपा गौथमले ११ बलमा अविजित १७ रन बनाए । चेन्नाईका लागि मोईन अलिले ४ ओभरमा २६ रन दिएर ४ विकेट लिए ।

तुसारदेश पान्डेले २ र मिचेल स्यान्टेनरले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो । चेन्नाईका लागि ऋतुराज गायकवाडले ३१ बलमा ५७ रनको अर्धशतकीय ईनिङ खेले । उनले ३ चौका र ४ छक्का प्रहार गरे ।

अर्का ओपनर डेभोन कन्वेले २९ बलमा ४७ रन बनाए । पहिलो विकेटका लागि गायकवाड र कन्वेले १ सय १० रनको साझेदारी भएको थियो । अम्बादी राइडु १४ बलमा २७ रनमा अविजित रहँदा शिवम दुवेले १६ बलमा २२ रन बनाए । मोईन अलिले १३ बलमा १९ तथा कप्तान महेन्द्र सिंह धोनीले ३ बलमा १२ रन बनाए ।

लखनउका लागि मार्क वुड र रवि विष्नोईले समान ३/३ विकेट लिए । आवेश खानले १ विकेट आफ्नो नाम गरे । दोस्रो खेलमा पहिलो जित हात पारेको चेन्नाई २ अंकका साथ छैटौं स्थानमा रहेको छ । पहिलो खेलमा हार व्यहोरेको लखनउ २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

आइपिएलमा आज दिल्ली क्यापिटल्स र गत संस्करण विजेता गुजरात टाइटन्स खेल्दैछन् । यी दुई टोलीबीचको खेल राति ७:४५ देखि दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा सुरु हुनेछ । जारी सिजनमा गुजरात लगातार दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराएको थियो ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top