रथयात्राको सुरक्षा ब्यबस्था कडा बनाउन ड्रोन क्यामरा छाडियो(फोटो फिचर)

रथयात्राको सुरक्षा ब्यबस्था कडा बनाउन ड्रोन क्यामरा छाडियो(फोटो फिचर)

विराटनगर,भदौ १८

बिराटनगरमा हरेक वर्ष निकालिने ऐतिहासिक राधाकृष्ण रथ यात्राको ५१ औं संस्करण अहिले केहीबेरमा निकालिँदैछ ।विराटनगरमा आज आयोजना हुने श्रीराधाकृष्ण रथयात्राको सुरक्षा अवस्थाको ड्रोन क्यामराबाट निगरानी राख्नका लागि डा«ेन आकाशमा छाडिएको छ ।

रथयात्राको क्रममा नगरक्षेत्रमा श्रद्धालु र दर्शनार्थीहरुको ठुलो भीडभाड हुने र सो क्रममा चोरी र पाकेटमारी लगायतका घटनाहरु समेत हुने गरेकाले यसपटक ड्रोन क्यामराबाट रथयात्राको निगारानी गरिने मोरङ प्रहरी प्रमुख एसपी केसीले बताए ।

यसपटक ड्रोन क्यामराबाट सुरक्षा निगरानी गरिने भएपछि रथयात्राको क्रममा हुने अवांछित गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ ।केहीबेरमा निकाल्न लागिएको ऐतिहासिक रथयात्राको ५१ औँ संस्करण प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ  ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.