NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ? बिहिबार माघ १ , २०८२
रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ? बिहिबार माघ १ , २०८२
नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको बिहिबार माघ १ , २०८२
अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा बिहिबार माघ १ , २०८२
गगन थापा नेपाली कांग्रेसको सभापति, कस्तो छ टिम गगन ? बिहिबार माघ १ , २०८२
Next
Prev

समाचार

प्रचण्डले गरे वामपन्थीबीच एकता र ध्रुविकरणको अपिल

शनिबार बैशाख ९ , २०८०
Reading Time: 1 min read
A A
एमसीसी राष्ट्रिय सहमति र परिमार्जनविना पास हुन सक्दैन : प्रचण्ड
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ वैशाख, काठमाण्डौ ।
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन् । समाजवादी क्रान्तिका नेता भ्लादिमिर इल्यिच लेनिनको १५३ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औँ स्थापना दिवसका अवसरमा आज शुभकामना दिँदै उनले समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन सम्पूर्ण वामपन्थी शक्तिलाई आग्रह गरेका हुन् ।

वर्गसङ्घर्ष र विचारधारात्मक सङ्घर्षको लामो शृङ्खला एवं विभाजन र एकताका अनगिन्ती अनुभव हासिल गर्दै कम्युनिष्ट आन्दोलन आजको अवस्थामा आइपुगेको स्मरण गर्दै उनले नेपालमा कम्युनिष्ट पार्टीको नेतृत्व र पहलकदमीमा भएको ऐतिहासिक सङ्घर्षकै परिणामस्वरुप सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताएका छन् ।

प्रधानमन्त्री दाहालले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशीता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समाजवादोन्मुख नयाँ संविधानको सफल कार्यान्वयनका लागि माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

LS Auto

सरकार संचालन गरिरहेको दल माओवादी केन्द्रका अध्यक्षले यसरी बामपन्थीहरुलाई एक हुन आह्वान गरिरहँदा यसैबीच सत्ता सहकार्य गरिरहेको दल जो माओवादी, जसपासहितको नयाँ मोर्चाका लागि पनि गृहकार्य गरिरहेको छ नेकपा एकीकृत समाजवादी उसले भने अहिले नै कुनै पनि पार्टीसंग एकता नहुने बताएको छ ।

नेकपा एसका नेता झलनाथ खनालले अहिले कुनै पार्टीसँग एकता नहुने बताएका हुन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा जनकपुरधाममा सहभागी हुन आएका खनालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै एकीकृत समाजवादी नयाँ पार्टी रहेकाले अहिले कुनै दलसँग एकता नहुने बताएका हुन् ।

उनले मिलेर जाने कुरा बेग्लै भए पनि कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको स्पष्ट पारे । यस्तै खनालले आफू एमालेमा फर्किने कुरामा पनि सत्यता नरहेको भन्दै आफूले बनाएको नयाँ पार्टी छोडेर बिना कारण एमालेमा फर्किनुको कुनै तुक नरहेको बताए । उनले हरेक पार्टीमा विवाद र असन्तुष्टि रहेको भन्दै उनले भने, ‘हामी दक्षिणपन्थतर्फ पनि होइन, उग्रबामपन्थ तर्फ पनि होइन ।

पार्टीलाई सही र क्रान्तिकारीतर्फ लैजान चाहन्छौँ। त्यस सिलसिलामा हामीभित्र कुनै छलफल बहस भयो भने त्यसलाई अन्यथा नमान्नूस्। हामी बहस गर्न चाहन्छौँ, छलफल गर्न चाहन्छौँ।’ यद्यपी उनले बामपन्थी शक्तिहरू मिल्नुको विकल्प नरहेको समेत बताएका छन् ।

Tags: #झलनाथ खनाल#नेकपा एसले कुनै दलसँग एकता गर्दैन#वामपन्थीबीच एकता र ध्रुविकरण#प्रचण्डको अपिल

लोकप्रीय

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

बिहिबार माघ १ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

बिहिबार माघ १ , २०८२
नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

बिहिबार माघ १ , २०८२

विचार

थप समाचार

राजनीति

नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

बिहिबार माघ १ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?
समाचार

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

इरानमा २० हजार जना मारिए,शेयर बजारको भविष्यवाणी गर्ने एआई चीनमा|| Nepal Times

00:27:27

World News: अमेरिकी संसदमा ग्रिनल्यान्डलाई ५१औँ राज्य बनाउने विधेयक, मुनाल उपग्रह हरायो

00:26:32

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

बिहिबार माघ १ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

बिहिबार माघ १ , २०८२
नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

बिहिबार माघ १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.