×

NEPAL TIMES UPDATES

Playing
Rabi र Balen लाई फोन गरेर Modi ले के भने ? मिलेर काम गर्न आतुर || Nepal Times
Mar 10, 2026
Playing
Nepal Election अन्तिम मतपरिणामः RSP 125 Seat,अन्य कुन दलको कति ? || Nepal Times
Mar 10, 2026
Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026

बालेनले तार काटिदिने भनेपछि झस्कियो प्राधिकरण

२४ बैशाख २०८०

२४ वैशाख, काठमाण्डौ ।
नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन र इन्टरनेटका तारमा क्षति नपु¥याउन अनुरोध गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले दशकौंदेखि टाँगिएका र सेवा प्रवाह भइरहेका तार एकै पटक व्यवथापन गर्न कठिनाइ हुने साथै दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी यसको व्यवस्थापन गर्न काम भइरहेको प्राधिकरणले उल्लेख गरेको छ ।

प्राधिकरणका अनुसार अहिले दीर्घकालीन रूपमा तारलगायत अन्य युटिलिटीहरूको व्यवस्थापनको लागि सडक निर्माण हुँदा युटिलिटी डक्टको व्यवस्था गर्न आवश्यक कानुन निर्माण भइरहेको छ । त्यस्तै दूरसञ्चार पूर्वाधार सेवा प्रदायकको व्यवस्था गर्न नेपाल सरकारलाई यस अगाडि नै सिफारिस भई नियमावली पारित हुने अन्तिम चरणमा रहेकोले अव्यवस्थित तारको व्यवस्थान हुनुको साथै दोहोरो लगानीको समेत अन्त्य हुने कार्य भइरहेको छ ।

अव्यवस्थित रूपमा रहेको तारहरूलाई अल्पकालीन रूपमा व्यवस्थापन गर्ने क्रममा महानगरपालिका, इन्टरनेट सेवा प्रदायक संघ नेपाल र प्राधिकरण समेतको सहकार्यमा सिंहदरवार वरिपरि, पुतलीसडक, कमलादी, ठमेल, एयरपोर्ट, माइतीघरलगायत पाटन दरबार क्षेत्रको प्रयोगमा नरहेको तार हटाई बन्डलिङ गरिएको पनि प्राधिकरणले जनाएको छ ।

प्राथमिकताको आधारमा अन्य रूटमा समेत योजना बनाएर तार व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिइने प्राधिकरणले उल्लेख गरेको छ। साथै इन्टरनेट सेवा अति आवश्यक सेवा भएको र यसको पूर्वाधारमा क्षति पुग्न जादा बैंक, हवाई सेवा, नेपाल सरकारबाट नागरिक लक्षित गरी प्रदान गर्दै आएका अनलाइन सर्भिस अवरूद्ध हुन जाने उल्लेख गर्दै प्राधिकरणले यसको पूर्वाधारमा क्षति पु¥याउने कार्य दूरसञ्चार ऐन, २०५३ अनुसार दण्डनीयसमेत हुने हुनाले यसको पूर्वाधारमा क्षति पुग्ने कार्य गर्न÷नगराउन तथा यसको व्यवस्थापन कार्यमा सेवा प्रदायक र प्राधिकरणबाट भइरहेको कार्यलाई सघाउन अनुरोध गरेको छ।

यसअघि शुक्रबार मात्रै महानगरका मेयर बालेन्द्र शाहले काठमाडौंमा शहर सौन्दर्यकरणका लागि अब्यवस्थित तार हटाउनका लागि सरोकारवाला निकायहरुलाई पटक पटक आग्रह गर्दापनि हटेरी गरेपछि महानगरले आफ्नो अधिकार क्षेत्रको प्रयोग गर्दै तार काट्ने अभियान सुरु गर्ने बताएका थिए ।

केवल नेटवर्कहरु अन्धाधुन्ध काट्दा ठूलो परिणाममा केवल नेटवर्क विदेशबाट आयात गर्नुपर्ने भइ अनावश्यक रुपमा खर्च बढ्नुका साथै अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न जाने हुन्छ । दूरसञ्चार प्राधिकरणका अनुसार पोलमा देखिएका तारमध्ये करिब ७० प्रतिशत तार अनावश्यक छन् ।

टाँङ्दै जाँदा उब्रिएको तार पोलमा गुजुल्टो पारेर राख्ने गरिएको छ । यसले पोलले क्षमताभन्दा धेरै भार बोकिरहेका छन् । तार हटाउन नगर प्रहरी उपरीक्षकको नेतृत्वमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल प्रहरी, एनसेल, इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएसन नेपालका प्रतिनिधि रहने टोली गठन गर्ने महानगरको योजना छ ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top