×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

टोपबहादुरलाई तीन दिन हिरासतमा राख्न अनुमति

१ जेष्ठ २०८०

१ जेठ, काठमाण्डौ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सोमबार काठमाडौं जिल्ला अदालत लगिएका रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गरिएको हो ।

अब रायमाझीलाई बुधबारसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाउनेछ भने सोही दिन अदालत हाजिर गर्नेछ । यसअघि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई काठमाडौं जिल्ला अदालतबाट आइतबार अनुसन्धानका लागि ४ दिन म्याद थप भएको थियो ।

Advertisement

पक्राउ पुर्जी जारी भएपछि १० दिनदेखि फरार रहेका रायमाझी आइतबार राति बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ परेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो ।

तर, त्यसयता टोपबहादुर फरार थिए, छोरा सन्दीप भने यसअघि नै पक्राउ परिसकेका छन् । अहिलेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत पक्राउ परिसकेका छन् ।

यस्तै आज पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान लिइएको छ । बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा सोमबारबाट बयान लिन थालिएको हो । वैशाख २७ गते पक्राउ परेका खाणसँग प्रहरीले २८ गते नै प्रकरणसम्बन्धमा सोधपुछ गरे पनि उनको बयान भने रेकर्ड गरिएको थिएन ।

खाँणसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भोलि पनि बयान लिने भएको छ । आज लिएको बयान नसकिएपछि भोलि पुन बयान लिन लागेको हो । सरकारको वकिलको कार्यालयले यो मुद्दामा अनुसन्धान सकेर भोलिसम्ममा फाइल तयार गर्न पनि प्रहरीलाई भनेको छ ।

प्रहरीले खाण गृहमन्त्री हुँदा उनले गरेका निर्णय र बिचौलियाहरूसँग सम्बन्ध तथा पैसा लेनदेनको विषयमा प्रश्न तयार गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउनेछ ।

यसभन्दा अगाडि सरकारी वकिल र प्रहरीले खाँणका निजी सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेको बयान आइतबार लिइसकिएको छ । हालसम्म पक्राउ परेका ११ जनाको बयान सकिएको छ ।

Advertisement

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top