×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

प्रचण्डलाई गलाउन भारतले पूर्वराजालाई बोलायो

१ जेष्ठ २०८०

१ जेठ,काठमाण्डौ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेदेखि नै आफ्नो पहिलो भ्रमण भारत हुने भन्दै चीन लगायत विभिन्न देशबाट आएको भ्रमणको निमन्त्रणा अस्वीकार गरिरहेका छन् । उनले सार्वजनिक रुपमा नै आफ्नो पहिलो भ्रमण भारतको हुने बताएपनि उनको योजना अनुशार भारतले चासो नदेखाउदा भारत भ्रमण पटक पटक सर्दै आएको छ ।

वैशाखको अन्तिम साता हुने भनिएको भारत भ्रमण अहिले बजेट पछि हुने बताइएको छ । तर आज प्रतिनिधि सभाको बैठकमा प्रचण्डको भारत भ्रमण तर नहुनु र लगातार सर्दै जानुको कारण भने भारतको दबाब कुटनीति भएको खुलेको छ ।

Advertisement

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले आफ्नो एजेण्डामा सहमत गराउन भारतले प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण पछि सार्दै लगेको दावी गरेका छन् । पूर्वराजा ज्ञानेन्द शाहलाई भने उत्तरप्रदेशमा स्वागत गरेर भारतले प्रधानमन्त्रीमाथि भने आफ्नो एजेण्डामा सहमत गराउन दवाव कूटनीति अवलम्बन गरिरहेको उनको आरोप थियो ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री दाहाल र नेपाल सरकारलाई भारतको सो कूटनीतिको दवावमा नपर्न पनि सचेत गराएका छन् । उनले इतिहासमा कहिल्यै पनि पराधिन नभएको नेपाल र त्यस देशका प्रधानमन्त्रीको भारत भ्रमणको कार्यसूचीमा देशको शीर निहुँ¥याउने, देशलाई अप्ठ्यारोमा पार्ने, नेपालको स्वाभिमान गिराउने कुनै पनि एजेण्डा हुन नहुनेतर्फ पनि गम्भिर ध्यानाकर्षण गराएका छन् ।

सांसद पन्तले भनेका छन्, ‘भारतमा नेपालको प्रधानमन्त्रीलाई जान नदिने तर नेपाली जनताले हटाएको राजालाई प्रधानमन्त्रीको सट्टा स्वागत गर्ने र प्रेसर डिप्लोमेसी यो वल्ड डिप्लोमेसीमा चलनचल्तीको शब्द हो । दवावको कूटनीति । के एजेण्डा मेरो पूरा गर्छौ, मेरो एजेण्डा तिम्रो कार्यसूचिमा पर्छ कि पर्दैन ? अनि मात्रै भारतमा म तिमीलाई स्वागत गर्छु भनेर त्यसका लागि दवाव दिन राजालाई भारतमा स्वागत गरियो ।

म भन्छु सभामुख महोदय, म प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु–यो प्रेसर डिप्लोमेसीमा नेपालको सरकार पर्नु हुँदैन । नेपालको प्रधानमन्त्री पर्नु हुँदैन । उनले स्वतन्त्र देशको प्रधानमन्त्रीले भारत भ्रमणमा जाँदा देशका एजेण्डाहरु के हुन, राष्ट्रका एजेण्डाहरु के हुन, नेपाललाई चाहिएको कुरा के हो ? त्यो दवावमा पर्नु पर्छ ।

बडा दुखका साथ भन्नुपर्छ सभामुख महोदय, नेपालको असंलग्न परराष्ट्र नीतिले आफ्नो सन्तुलन गुमाउँदै जान थालेको छ । असन्तुलित हुन थालेको छ हाम्रो परराष्ट्र नीति । हाम्रो परराष्ट्र नीति कहिले यता ढल्किन्छ, कहिले उता ढल्किन्छ ।

देशको स्वाभिमान, देशको आर्थिक आत्मनिर्भरता र आर्थिक स्वतन्त्रता त्यसलाई ध्यानमा राखेर, मुलुकको स्वाभिमानलाई राखेर, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई ध्यानमा राखेर लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता गर्ने कुरालाई ध्यानमा राखेर, हाम्रो सीमा सुरक्षालाई ध्यानमा राखेर, हाम्रो आर्थिक स्वाभिमानलाई ध्यानमा राखेर प्रधानमन्त्रीको भारत भ्रमण सफल होस् ।

कहिले हुन्छ थाहा छैन । सरेको सरेकै छ । तर पनि म त्यो भ्रमणको सफलताको कामना गर्न चाहन्छु । केही दिन अघि मात्रै पूर्व राजा ज्ञानेन्द्रलाई उत्तर प्रदेशका मुख्यमन्त्रीले राजाका रुपमा ब्याख्या गर्दै विशेष स्वागत गरेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका थिए ।

आदित्यनाथले ‘श्री ५ महाराजाधिराज’ कै हैसियतमा ‘राजकीय भ्रमण’ का लागि शाह र उनको परिवारलाई निम्तो गरेका थिए । त्यसै अनुरूप पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी, पूर्वमुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह र पूर्वअधिराजकुमारी प्रेरणा बैशाख २२ गते भारत गएका थिए ।

Advertisement

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top