×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026
Playing
‘बले’माथि आ रोप लगाउने युवतीले खोलिन् आफ्नो परिचय#bale #Arrest #nepal || Nepal Times
Apr 04, 2026
Playing
विभिन्न प्रदेशमा बदली र वर्षा: हिमाली क्षेत्रमा हिमपातको संकेत|| Nepal Times
Apr 04, 2026

मतपेटिकाको सुरक्षा : रातमा पुरुष, दिनमा महिला

१४ मंसिर २०७४

बुथ कब्जा गरेको भन्दै कांग्रेसको उजुरी

बागलुङ : गत आइतबार सम्पन्न चुनावका मतपेटिका कुर्न राजनीतिक दलहरूले फरक फरक टोली बनाएका छन्। मतपेटिका सुरक्षाका लागि भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आ-आफ्ना ताला लगाएका दलहरूले बाहिरी घेरामा बसेर मतपेटिका कुर्न कार्यतालिका बनाएका छन्।

दलहरूले सबैको सहभागितामा मतपेटिका कुर्ने व्यवस्था मिलाएको कांग्रेस जिल्ला सचिव नवराज पौडेलले बताए। दैनिक कुरुवा बस्ने क्रममा दलहरूले दिउसोको समयमा महिला र रातको समयमा पुरुष कार्यकर्तालाई खटाएका छन्।

Advertisement

महिलाहरूले आफूहरूले पनि मतपेटिका कुर्न पाउनु पर्ने आवाज उठाएपछि दिउँसोको समयमा महिलाहरूलाई कुर्न लगाइएको हो। ‘ताला समेत लगाएको स्थानमा प्रहरी कर्मचारी सबैले कुरिरहेका छन्’, कांग्रेस सचिव पौडेलले भने, ‘विश्वासको संकटका कारण दलहरूका प्रतिनिधि राखेर मतपेटिका कुर्नु परेको हो।’ पौडेलले सबै दलहरूले प्रतिनिधि राखेपछि कांग्रेसले पनि बाध्य भएर मतपेटिका कुर्न प्रतिनिधि खटाउनु परेको बताए।

उता वाम गठबन्धनले ‘सत्ताको दुरुपयोग गरेर संस्थागत धाँधली गर्ने खतरा देखिएकाले’ मतपेटिका सुरक्षाका लागि ताला लगाएर कुरुवा राख्न बाध्य भएको दावी गरेको छ। गठबन्धनले बिहान बेलुकीका लागि पुरुष महिलाको छुट्टाछुट्टै सूची बनाएर सर्कुलर गरेको राष्ट्रिय जनमोर्चाका सदस्य थानेश्वर सुवेदीले बताए।

मतपेटिका कुर्न गठबन्धन सम्बद्ध दलका सबै तहका संगठनहरूको सहभागिता गराउन खोजिएको सुवेदीले बताए। निर्वाचन आयोगको अनुरोध अनुसार नै दलका नेता कार्यकर्ता राखेर मतपेटिका कुरिएको उनको भनाई छ। दलहरूमा आपसी सहमति र विश्वासको वातावरण रहे पनि निर्वाचनसँग जोडिएको विषय भएकाले कुर्नु परेको एमाले जिल्ला उपाध्यक्ष कृष्ण पाठकको भनाई छ।

दलहरूले मतपेटिका सुरक्षाका लागि छुट्टाछुट्टै ताला लगाएका छन्। बागलुङ क्षेत्र नम्बर १ मा निर्वाचन आयोग सहित एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले ताला लगाएका छन् भने बागलुङ क्षेत्र नम्बर २ मा आयोग सहित माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले आ–आफ्ना ताला लगाएका छन्।

मुख्य निर्वाचन अधिृकत प्रकाशप्रसाद पण्डितले दलको नेतृत्व र उम्मेदवारको चाहना अनुसार नै ताला लगाएर मतपेटिका भण्डारण गरिएको बताए। ‘निर्वाचन अधिकृतको कार्यालयले आवश्यक सुरक्षा गरिरहेको छ, उहाँहरूको चाहना समेत भएकाले ताला लगाउन दिएका हौं’ पण्डितले भने, ‘चौविसै घण्टा उहाँहरूकै उपस्थितिमा कुरुवा पनि गरिएको हो।’ गत स्थानीय निर्वाचनमा ६८.७७ प्रतिशत मत खसेको बागलुङमा गत आइतवार भने ६५ प्रतिशत मात्र मत खसेको छ।

कांग्रेसको उजुरी

नेपाली कांग्रेस बागलुङले जिल्लाका तीन मतदान स्थलमा बुथ कब्जा भएको भन्दै उजुरी दर्ता गरेको छ। वाम गठबन्धनले बुथ कब्जा गरी धाँधली गरेको आरोप लगाउँदै कांग्रेसले मंसिर १० गतेको निर्वाचन सकिएको चार दिनपछि बिहीबार उजुरी दर्ता गराएको हो।

जिल्लाको बरेङ गाउँपालिकाको धुल्लुबास्कोट, जैमिनी नगरपालिकाको पैयुथन्थाप र बागलुङ नगरपालिकाको भकुण्डेमा एकलौटी मतदान गरेको भन्दै कांग्रेस जिल्ला सभापति तथा क्षेत्र नम्बर १ (क) का उम्मेदवार दीपेन्द्रबहादुर थापा र प्रदेश २ का उम्मेदवार प्रकाश शर्मा पौडेलले उजुरी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले जनाएको छ।

वाम गठबन्धनका स्थानीय नेता कार्यकर्ताले आफ्ना एजेन्टलाई धम्की दिएर धाँधली गरेकोले पुनः निर्वाचन गराउन उजुरीमा माग गरिएको छ। उम्मेदवार थापाले भकुण्डे र शर्माले अन्य दुई स्थानमा बुथ कब्जा भएको दावी गरेका छन्।

कांग्रेसका एजेन्टलाई हातपात गरेको, एकलौटी रुपमा कब्जा गरेर मतदान गरेको आरोप लगाएर निवेदन आएको मुख्य निर्वाचन अधिृकत प्रकाश प्रसाद पण्डितले बताए। ‘उजुरीका विषयमा निर्वाचन आयोगमा जानकारी गराइसकिएको छ,’ मुख्य निर्वाचन अधिकृत पण्डितले भने, ‘मतदान अधिकृतहरुको प्रतिवेदन र उजुरीलाई एकमुष्ठ आयोगमा पठाउने तयारी छ।’

एमाले जिल्ला सचिव लालबहादुर थापाले निर्वाचन सम्पन्न भएको चार दिनपछि उजुरी पर्नु नियोजित भएको प्रतिक्रिया दिए। ‘यो हार मानसिकताको उपज हो,’ उनले भने, ‘जनताले जाहेर गरेको अभिमत माथि यसरी खेलवाड गर्नु दुखद हो, यसमा निर्वाचन आयोग पनि स्पष्ट हुन जरुरी छ।’

बागलुङमा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा गठवन्धन बनाएर चुनावी मैदानमा छन् भने कांग्रेस, राप्रपाको समर्थनसहित प्रतिस्पर्धामा छ।

प्रतिनिधि सभा १ मा कांग्रेसका तर्फबाट सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का र वाम गठबन्धनबाट एमालेका सूर्य पाठक प्रतिस्पर्धामा छन् भने यस क्षेत्रको प्रदेश १ मा कांग्रेसका दीपेन्द्र थापा र गठबन्धनका तर्फबाट एमालेकै इन्द्रलाल सापकोटा मैदानमा छन्। प्रदेश २ मा कांग्रेसका प्रकाश पौडेल र वाम गठवन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका कृष्ण थापा चुनावी प्रतिस्पर्धामा छन्।                                                                                             Annapurna post

Advertisement

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top