NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
उज्यालो अभियान्त कुलमान सबैको किन तारो बने ? बिहिबार मंसिर २५ , २०८२
जेनजी परिवर्तनले नछोएको कांग्रेस, मैदानमा सबै बृद्ध बिहिबार मंसिर २५ , २०८२
ओली पाण्डव हुन् ?बालुवाटारबाट भागेका होइनन्,जेनजी सम्झौता कलाविहीन बिहिबार मंसिर २५ , २०८२
१४ करोडमा अमेरिकी गोल्डेन भिसा योजना सुरु, के छ खास ? बिहिबार मंसिर २५ , २०८२
रविको मुद्दा आजपनि स्थगित, हेर्न नमिल्नेमा बिहिबार मंसिर २५ , २०८२
Next
Prev

समाचार

मतपेटिकाको सुरक्षा : रातमा पुरुष, दिनमा महिला

बिहिबार मंसिर १४ , २०७४
Reading Time: 1 min read
A A
मतपेटिकाको सुरक्षा : रातमा पुरुष, दिनमा महिला
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

बुथ कब्जा गरेको भन्दै कांग्रेसको उजुरी

बागलुङ : गत आइतबार सम्पन्न चुनावका मतपेटिका कुर्न राजनीतिक दलहरूले फरक फरक टोली बनाएका छन्। मतपेटिका सुरक्षाका लागि भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आ-आफ्ना ताला लगाएका दलहरूले बाहिरी घेरामा बसेर मतपेटिका कुर्न कार्यतालिका बनाएका छन्।

दलहरूले सबैको सहभागितामा मतपेटिका कुर्ने व्यवस्था मिलाएको कांग्रेस जिल्ला सचिव नवराज पौडेलले बताए। दैनिक कुरुवा बस्ने क्रममा दलहरूले दिउसोको समयमा महिला र रातको समयमा पुरुष कार्यकर्तालाई खटाएका छन्।

महिलाहरूले आफूहरूले पनि मतपेटिका कुर्न पाउनु पर्ने आवाज उठाएपछि दिउँसोको समयमा महिलाहरूलाई कुर्न लगाइएको हो। ‘ताला समेत लगाएको स्थानमा प्रहरी कर्मचारी सबैले कुरिरहेका छन्’, कांग्रेस सचिव पौडेलले भने, ‘विश्वासको संकटका कारण दलहरूका प्रतिनिधि राखेर मतपेटिका कुर्नु परेको हो।’ पौडेलले सबै दलहरूले प्रतिनिधि राखेपछि कांग्रेसले पनि बाध्य भएर मतपेटिका कुर्न प्रतिनिधि खटाउनु परेको बताए।

LS Auto

उता वाम गठबन्धनले ‘सत्ताको दुरुपयोग गरेर संस्थागत धाँधली गर्ने खतरा देखिएकाले’ मतपेटिका सुरक्षाका लागि ताला लगाएर कुरुवा राख्न बाध्य भएको दावी गरेको छ। गठबन्धनले बिहान बेलुकीका लागि पुरुष महिलाको छुट्टाछुट्टै सूची बनाएर सर्कुलर गरेको राष्ट्रिय जनमोर्चाका सदस्य थानेश्वर सुवेदीले बताए।

मतपेटिका कुर्न गठबन्धन सम्बद्ध दलका सबै तहका संगठनहरूको सहभागिता गराउन खोजिएको सुवेदीले बताए। निर्वाचन आयोगको अनुरोध अनुसार नै दलका नेता कार्यकर्ता राखेर मतपेटिका कुरिएको उनको भनाई छ। दलहरूमा आपसी सहमति र विश्वासको वातावरण रहे पनि निर्वाचनसँग जोडिएको विषय भएकाले कुर्नु परेको एमाले जिल्ला उपाध्यक्ष कृष्ण पाठकको भनाई छ।

दलहरूले मतपेटिका सुरक्षाका लागि छुट्टाछुट्टै ताला लगाएका छन्। बागलुङ क्षेत्र नम्बर १ मा निर्वाचन आयोग सहित एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले ताला लगाएका छन् भने बागलुङ क्षेत्र नम्बर २ मा आयोग सहित माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले आ–आफ्ना ताला लगाएका छन्।

मुख्य निर्वाचन अधिृकत प्रकाशप्रसाद पण्डितले दलको नेतृत्व र उम्मेदवारको चाहना अनुसार नै ताला लगाएर मतपेटिका भण्डारण गरिएको बताए। ‘निर्वाचन अधिकृतको कार्यालयले आवश्यक सुरक्षा गरिरहेको छ, उहाँहरूको चाहना समेत भएकाले ताला लगाउन दिएका हौं’ पण्डितले भने, ‘चौविसै घण्टा उहाँहरूकै उपस्थितिमा कुरुवा पनि गरिएको हो।’ गत स्थानीय निर्वाचनमा ६८.७७ प्रतिशत मत खसेको बागलुङमा गत आइतवार भने ६५ प्रतिशत मात्र मत खसेको छ।

कांग्रेसको उजुरी

नेपाली कांग्रेस बागलुङले जिल्लाका तीन मतदान स्थलमा बुथ कब्जा भएको भन्दै उजुरी दर्ता गरेको छ। वाम गठबन्धनले बुथ कब्जा गरी धाँधली गरेको आरोप लगाउँदै कांग्रेसले मंसिर १० गतेको निर्वाचन सकिएको चार दिनपछि बिहीबार उजुरी दर्ता गराएको हो।

जिल्लाको बरेङ गाउँपालिकाको धुल्लुबास्कोट, जैमिनी नगरपालिकाको पैयुथन्थाप र बागलुङ नगरपालिकाको भकुण्डेमा एकलौटी मतदान गरेको भन्दै कांग्रेस जिल्ला सभापति तथा क्षेत्र नम्बर १ (क) का उम्मेदवार दीपेन्द्रबहादुर थापा र प्रदेश २ का उम्मेदवार प्रकाश शर्मा पौडेलले उजुरी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले जनाएको छ।

वाम गठबन्धनका स्थानीय नेता कार्यकर्ताले आफ्ना एजेन्टलाई धम्की दिएर धाँधली गरेकोले पुनः निर्वाचन गराउन उजुरीमा माग गरिएको छ। उम्मेदवार थापाले भकुण्डे र शर्माले अन्य दुई स्थानमा बुथ कब्जा भएको दावी गरेका छन्।

कांग्रेसका एजेन्टलाई हातपात गरेको, एकलौटी रुपमा कब्जा गरेर मतदान गरेको आरोप लगाएर निवेदन आएको मुख्य निर्वाचन अधिृकत प्रकाश प्रसाद पण्डितले बताए। ‘उजुरीका विषयमा निर्वाचन आयोगमा जानकारी गराइसकिएको छ,’ मुख्य निर्वाचन अधिकृत पण्डितले भने, ‘मतदान अधिकृतहरुको प्रतिवेदन र उजुरीलाई एकमुष्ठ आयोगमा पठाउने तयारी छ।’

एमाले जिल्ला सचिव लालबहादुर थापाले निर्वाचन सम्पन्न भएको चार दिनपछि उजुरी पर्नु नियोजित भएको प्रतिक्रिया दिए। ‘यो हार मानसिकताको उपज हो,’ उनले भने, ‘जनताले जाहेर गरेको अभिमत माथि यसरी खेलवाड गर्नु दुखद हो, यसमा निर्वाचन आयोग पनि स्पष्ट हुन जरुरी छ।’

बागलुङमा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा गठवन्धन बनाएर चुनावी मैदानमा छन् भने कांग्रेस, राप्रपाको समर्थनसहित प्रतिस्पर्धामा छ।

प्रतिनिधि सभा १ मा कांग्रेसका तर्फबाट सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का र वाम गठबन्धनबाट एमालेका सूर्य पाठक प्रतिस्पर्धामा छन् भने यस क्षेत्रको प्रदेश १ मा कांग्रेसका दीपेन्द्र थापा र गठबन्धनका तर्फबाट एमालेकै इन्द्रलाल सापकोटा मैदानमा छन्। प्रदेश २ मा कांग्रेसका प्रकाश पौडेल र वाम गठवन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका कृष्ण थापा चुनावी प्रतिस्पर्धामा छन्।                                                                                             Annapurna post

लोकप्रीय

कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?

उज्यालो अभियान्त कुलमान सबैको किन तारो बने ?

बिहिबार मंसिर २५ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

जेनजी परिवर्तनले नछोएको कांग्रेस, मैदानमा सबै बृद्ध

बिहिबार मंसिर २५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओली पाण्डव हुन् ?बालुवाटारबाट भागेका होइनन्,जेनजी सम्झौता कलाविहीन

बिहिबार मंसिर २५ , २०८२

विचार

कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?

उज्यालो अभियान्त कुलमान सबैको किन तारो बने ?

बिहिबार मंसिर २५ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

जेनजी परिवर्तनले नछोएको कांग्रेस, मैदानमा सबै बृद्ध

बिहिबार मंसिर २५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओली पाण्डव हुन् ?बालुवाटारबाट भागेका होइनन्,जेनजी सम्झौता कलाविहीन

बिहिबार मंसिर २५ , २०८२

थप समाचार

कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?
ताजा समाचार

उज्यालो अभियान्त कुलमान सबैको किन तारो बने ?

बिहिबार मंसिर २५ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा
ताजा समाचार

जेनजी परिवर्तनले नछोएको कांग्रेस, मैदानमा सबै बृद्ध

बिहिबार मंसिर २५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला
ताजा समाचार

ओली पाण्डव हुन् ?बालुवाटारबाट भागेका होइनन्,जेनजी सम्झौता कलाविहीन

बिहिबार मंसिर २५ , २०८२
१४ करोडमा अमेरिकी गोल्डेन भिसा योजना सुरु, के छ खास ?
अन्तर्राष्ट्रिय

१४ करोडमा अमेरिकी गोल्डेन भिसा योजना सुरु, के छ खास ?

बिहिबार मंसिर २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

World News: नेपाल र भारतका सेनाको संयुक्त अभ्यास, पाकिस्तानमा आत*ङ्क*बादी ह*म*ला || Nepal Times

00:19:13

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

00:22:47

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?

उज्यालो अभियान्त कुलमान सबैको किन तारो बने ?

बिहिबार मंसिर २५ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

जेनजी परिवर्तनले नछोएको कांग्रेस, मैदानमा सबै बृद्ध

बिहिबार मंसिर २५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओली पाण्डव हुन् ?बालुवाटारबाट भागेका होइनन्,जेनजी सम्झौता कलाविहीन

बिहिबार मंसिर २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.