×

NEPAL TIMES UPDATES

Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026

ज्ञानेन्द्र मल्लले लिए क्रिकेटबाट संन्यास

१९ श्रावण २०८०

१९ साउन, काठमाण्डौ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्। नेपालका सबै उमेर समूह र राष्ट्रिय टिम गरी १८ वर्ष क्रिकेट खेलेका ब्याटर ज्ञानेन्द्रले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा संन्यास लिने घोषणा गरेका हुन्। ज्ञानेन्द्रले अब आफ्नो नयाँ यात्रा प्रारम्भ भएको बताए ।

आफ्नो क्रिकेट करिअरबाट सन्तुष्ट रहेको उनको भनाइ छ । ‘राष्ट्रको आशा र सपनाको प्रतिक बनेर मैदानमा उत्रिँदा सतप्रतिशत दिने प्रयास गरेँ । आएका कठिन परिस्थितलाई सिकाइका रुपमा लिएँ । समग्रमा निकै सन्तुष्ट छु,’ उनले भनेका छन् । ज्ञानेन्द्रले पत्रकार सम्मेलनमा आफ्नी पत्नीबाट निकै साथ पाएको बताए । आफ्नी छोरीलाई पनि सम्झिएँ । छोरीका नाम लिँदा उनको गला अवरुद्ध भएको थियो ।

‘यत्रो वर्ष क्रिकेट खेलेँ । प्रकृतिको नियम नै हो । चेञ्ज हुनुपर्छ । भित्रैदेखि फिल गरेको कुरा भनेको यही ठिक समय हो’, उनले भनेका छन् । राष्ट्रिय खेलाडी भएपछि आफूले पूर्णरुपमा योगदान दिन नसक्दा बसिरहनु ठिक नहने सोचेको उनले बताए । ज्ञानेन्द्रले भने, ‘धेरै अगाडिदेखि नै आफ्नो दिमागमा आइरहेको थियो । फेरि अझै पुस गर्नुपर्छ भन्ने लाग्यो । अहिले टिम राम्रो छ, ब्यालेन्स छ ।

यही ठीक समय हो भन्ने लागेर निर्णय लिएको हुँ ।’ पछिल्लो समय ज्ञानेन्दै प्लेइङ ११ मा पर्न सकेका थिएनन् । २०७६ को कात्तिकमा उनी राष्ट्रिय टिमको कप्तान बनेका थिए। १० वर्ष कप्तानी गरेका पारस खड्काले राजीनामा दिएपछि ज्ञानेन्द्रलाई नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान नियुक्त गरेको थियो। उनी पारस कप्तान रहँदा नेपाली टिमको उपकप्तानको भूमिकामा थिए।

तर उनलाई क्यानले २०७८ मंसिर २९ मा कप्तानबाट हटाएको थियो । खेलाडी वर्गीकरणमा भएको त्रुटिको विषयमा आफ्नो असन्तुष्टि व्यक्त गरेका ज्ञानेन्द्रलाई अन्यायपूर्ण रूपमा कप्तानबाट हटाइएको थियो। ज्ञानेन्द्रलाई कप्तानबाट हटाएपछि क्यानले सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाउने निर्णय गरेको थियो। कप्तानबाट हटेपछि उनले २ वर्ष राष्ट्रिय टिमबाट खेले।

पछिल्लो पटक उनले आइसिसी एकदिवसीय छनोटमा आयरल्यान्डविरूद्ध खेलेका थिए। जिम्बावेको हरारेमा भएको खेलमा उनी ७ रनमा आउट भएका थिए। ज्ञानेन्द्र सन् २००५ मा नेपालको यू–१५ टिममा परेका थिए। त्यही वर्ष उनी नेपालको यू–१७ र यू–१९ टिममा मात्र परेनन् सिनियर टिममा समेत पर्न सफल भएका थिए।

उनले एकै वर्ष नेपालको तीन वटा उमेर समूह (यू–१५, यू–१७ र यू–१९) सहित राष्ट्रिय टिममा परेर कीर्तिमान बनाएका थिए। सिनियर राष्ट्रिय टिममा डेब्यू भने उनले सन् २००६ मा नामिबियामा गरे। उनले राष्ट्रिय टिमबाट ३७ एकदिवसीय खेलमा ८७६ रन बनाएका छन्। यस्तै ४५ टि–२० खेलमा उनले ८८३ जोड्दा एक शतक र दुई अर्धशतक प्रहार गरेका छन्।

भर्खरको समाचार

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top