×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

सुन तस्करी प्रकरणमा पक्राउ परेका रोहन अदुकिया छुटे

२७ श्रावण २०८०

२७ साउन,काठमाण्डौ ।
सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यवसायी रोहन अदुकियालाई छाडिएको छ । उनलाई विमानस्थल अध्यागमन कार्यालयले आज बिहान छाडेको त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलका सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए । ‘खोजेका बेला उपस्थित हुने सर्तमा अध्यागमनले उनलाई बिहान ११ बजे रिहा गरेको हो’, उनले भने।

सय किलो सुन प्रकरणमा अनुसन्धानका लागि भनेर ३० वर्षीय रोहनलाई शुक्रबार पक्राउ गरिएको थियो । अदुकियालाई पक्राउ गर्न राजस्व अनुसन्धान विभागले अध्यागमन विभागमा पत्र पठाएको थियो । राजस्वको पत्रअनुसार अध्यागमनले अदुकियाको राहदानी कालोसूचीमा राखेर निगरानी गरिरहेको थियो ।

उक्त प्रकरण अनुसन्धान गरिरहेका राजस्व अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) दुवैले बुझ्न नमानेपछि उनलाई अध्यागमनले छाडिदिएको हो । सुन तस्करी प्रकरणमा आफूहरूको खोजीको सूचीमा नरहेको भन्दै राजस्व र सीआईबी दुवैले उनलाई जिम्मा लिन अस्वीकार गरेका थिए ।

त्यसपछि विमानस्थल अध्यागमन कार्यालयमै लगिएका रोहनलाई आज बिहान रिहा गरिएको हो । २२ वर्षीय रोहन अदुकिया एयर इन्डिगो मार्फत शुक्रबार नेपाल आएका थिए । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन कार्यालयले दिउसो ३.२१ बजे पक्राउ गरेको हो । उनले (श ६३९६४२) नम्वरको भारतिय पासपोर्ट प्रयोग गरेका थिए ।

नेपालबाट भारततर्फ तस्करी हुन लागेको सुन विभागको टोलीले साउन २ गते समाते पछि साउन ५ गते बिहान नेपाल वायुसेवा निगमको उडान नम्बर २०५ बाट अदुकिया भारततर्फ लागेका थिए । रोहन व्यापारी राजेश अदुकियाका छोरा हुन् । भारितय नागरिक भए पनि अदुकिया नेपालमै हुर्केका हुन् ।

एक क्विन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागको सर्वाधिक खोजीको सूचीमा रहेका पात्र हुन् अदुकिया । ङकङबाट काठमाडौं आएको एक क्विन्टल सुन बरामद हुनु र व्यापारी अदुकिया पछिल्ला नौ महिनामा १४ पटक नेपाल–हङकङ ओहोरदोहोर गरेको भेटिएपछि सुन तस्करी प्रकरणमा उनको संलग्नता हुनसक्ने आशंका गरिएको छ ।

हङकङको टुर शंकास्पद देखिए पछि उनको घरमा छापा मारेको भए पनि अदुकियाले भने देश छाडिसेकका थिए । उनका बाबु गोर्खा विकास बैंकमा भएका काण्डपछि शेयर बजारको ठूलो खेलाडीबाट विस्थापित भएका थिए । त्यसपछि उनी सुनको अवैद्य धन्दामा लागेको हुनसक्ने आशंका गरिएको छ।

गोर्खा विकास मार्फत सर्वसाधारणको करौडौं निक्षेप डुबाउने खेलमा पनि उनका बाबु राजेश अदुकियाको मुख्य भूमिका रहेको थियो । गोर्खा बैंक प्रकरणमा उनी पक्राउ परेर पुनरावेदन अदालतले अन्तरिम आदेश दिए पछि अदुकिया छुटेका थिए ।

उनी विरुद्ध बैंकिङ कसुरको मुद्दा भने कायमै रहेको छ । पछि उनले वेल्थ एक्सचेन्ज नामको कमोडिटी मार्केटिङ कम्पनी समेत खोलेका थिए ।यस्तै शुक्रबार नै पक्राउ परेका दुई चिनियाँ नागरिकलाई रिहा पनि एकसाथ आज गरिएको छ ।

हिजो पक्राउ परेका ली जियालिङ र लिउ फुयान नामका दुई चिनियाँ नागरिकलाई घटनामा संलग्नता नदेखिएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले आजै बिहान रिहा गरेको हो ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top