NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु शनिबार असार २८ , २०८२
अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर शुक्रबार असार २७ , २०८२
नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ? शुक्रबार असार २७ , २०८२
बालेनको ६८सेकेन्डमा सके बैठक,७महिनाको मौनता मिनेटमा सकियो शुक्रबार असार २७ , २०८२
Next
Prev

समाचार

सुन तस्करी प्रकरणमा पक्राउ परेका रोहन अदुकिया छुटे

शनिबार साउन २७ , २०८०
Reading Time: 1 min read
A A
Advertisement
सुन तस्करी प्रकरणमा पक्राउ परेका रोहन अदुकिया छुटे
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२७ साउन,काठमाण्डौ ।
सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यवसायी रोहन अदुकियालाई छाडिएको छ । उनलाई विमानस्थल अध्यागमन कार्यालयले आज बिहान छाडेको त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलका सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए । ‘खोजेका बेला उपस्थित हुने सर्तमा अध्यागमनले उनलाई बिहान ११ बजे रिहा गरेको हो’, उनले भने।

सय किलो सुन प्रकरणमा अनुसन्धानका लागि भनेर ३० वर्षीय रोहनलाई शुक्रबार पक्राउ गरिएको थियो । अदुकियालाई पक्राउ गर्न राजस्व अनुसन्धान विभागले अध्यागमन विभागमा पत्र पठाएको थियो । राजस्वको पत्रअनुसार अध्यागमनले अदुकियाको राहदानी कालोसूचीमा राखेर निगरानी गरिरहेको थियो ।

उक्त प्रकरण अनुसन्धान गरिरहेका राजस्व अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) दुवैले बुझ्न नमानेपछि उनलाई अध्यागमनले छाडिदिएको हो । सुन तस्करी प्रकरणमा आफूहरूको खोजीको सूचीमा नरहेको भन्दै राजस्व र सीआईबी दुवैले उनलाई जिम्मा लिन अस्वीकार गरेका थिए ।

त्यसपछि विमानस्थल अध्यागमन कार्यालयमै लगिएका रोहनलाई आज बिहान रिहा गरिएको हो । २२ वर्षीय रोहन अदुकिया एयर इन्डिगो मार्फत शुक्रबार नेपाल आएका थिए । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन कार्यालयले दिउसो ३.२१ बजे पक्राउ गरेको हो । उनले (श ६३९६४२) नम्वरको भारतिय पासपोर्ट प्रयोग गरेका थिए ।

नेपालबाट भारततर्फ तस्करी हुन लागेको सुन विभागको टोलीले साउन २ गते समाते पछि साउन ५ गते बिहान नेपाल वायुसेवा निगमको उडान नम्बर २०५ बाट अदुकिया भारततर्फ लागेका थिए । रोहन व्यापारी राजेश अदुकियाका छोरा हुन् । भारितय नागरिक भए पनि अदुकिया नेपालमै हुर्केका हुन् ।

एक क्विन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागको सर्वाधिक खोजीको सूचीमा रहेका पात्र हुन् अदुकिया । ङकङबाट काठमाडौं आएको एक क्विन्टल सुन बरामद हुनु र व्यापारी अदुकिया पछिल्ला नौ महिनामा १४ पटक नेपाल–हङकङ ओहोरदोहोर गरेको भेटिएपछि सुन तस्करी प्रकरणमा उनको संलग्नता हुनसक्ने आशंका गरिएको छ ।

हङकङको टुर शंकास्पद देखिए पछि उनको घरमा छापा मारेको भए पनि अदुकियाले भने देश छाडिसेकका थिए । उनका बाबु गोर्खा विकास बैंकमा भएका काण्डपछि शेयर बजारको ठूलो खेलाडीबाट विस्थापित भएका थिए । त्यसपछि उनी सुनको अवैद्य धन्दामा लागेको हुनसक्ने आशंका गरिएको छ।

गोर्खा विकास मार्फत सर्वसाधारणको करौडौं निक्षेप डुबाउने खेलमा पनि उनका बाबु राजेश अदुकियाको मुख्य भूमिका रहेको थियो । गोर्खा बैंक प्रकरणमा उनी पक्राउ परेर पुनरावेदन अदालतले अन्तरिम आदेश दिए पछि अदुकिया छुटेका थिए ।

उनी विरुद्ध बैंकिङ कसुरको मुद्दा भने कायमै रहेको छ । पछि उनले वेल्थ एक्सचेन्ज नामको कमोडिटी मार्केटिङ कम्पनी समेत खोलेका थिए ।यस्तै शुक्रबार नै पक्राउ परेका दुई चिनियाँ नागरिकलाई रिहा पनि एकसाथ आज गरिएको छ ।

हिजो पक्राउ परेका ली जियालिङ र लिउ फुयान नामका दुई चिनियाँ नागरिकलाई घटनामा संलग्नता नदेखिएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले आजै बिहान रिहा गरेको हो ।

Tags: #रोहन अदुकिया छुटे#सुन तस्करी प्रकरण

लोकप्रीय

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२

विचार

थप समाचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

आर्थिक

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
ताजा समाचार

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

World News: अमेरिकी लगानीकर्तालाई इरान खुला, इरान–रूस–टर्कीएबीच वार्ता || Nepal Times

00:14:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.