मैत्रीपूर्ण खेलमा पोर्चुगल र क्रोएसियाको बराबरी

मैत्रीपूर्ण खेलमा पोर्चुगल र क्रोएसियाको बराबरी

एजेन्सी,भदौ २२
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत क्रोएसिया र पोर्चुगलको खेल १–१ गोलको बराबरीमा टुंगिएको छ । लिस्वनमा बिहीबार राती भएको खेलमा घरेलु टोली पोर्चुगलले विश्व उपविजेता क्रोएसियालाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो ।

पाहुना टोली क्रोएसियाले खेलको १८औं मिनेटमा अग्रता लिन सफल भएको थियो । क्रोएसियाका इभान पेरिसिकले गोल गरे । तर, ३२औं मिनेटमा पोर्चुगलका डिफेन्डर पेपेले हेडमार्फत गोल फर्काएपछि खेल १–१ को गोलको बराबरीमा पुगेको थियो ।

घरेलु टोलीले खेलमा दवाव सिर्जना गरेपनि त्यसपछि गोल गर्न नसक्दा खेल बराबरीमा सकियो ।पोर्चुगलले आफ्नो स्टार तथा कप्तान क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिएको थियो । क्रोएसियाले आफ्नो शीर्ष खेलाडीलाई मैदान उतारेको थियो ।

बिहिबार राति नै भएको अर्को खेलमा अष्ट्रियाले स्वीडेनलाई २–० ले पराजित गर्यो । फिलिप हिलन्डरको आत्मघाती गोलबाट अग्रता बनाएको अष्ट्रियाले ६४औं मिनेटमा डेभिड अलवाले गोल गर्दै जित सुनिश्चित बनाएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.