×

NEPAL TIMES UPDATES

Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

१२ भाद्र २०८०

१२ भदौ, एजेन्सी ।
भर्खरै मात्रै छिमेकी राष्ट्र भारतको चन्द्रयान ३ चन्द्रमामा सफल रुपमा अवतरण भएपछि इतिहास रचेको छ । तर चन्द्रयान ३ नै भने चन्द्रमामा पहिलो पटक पुगेको यान भने होइन । भारतले त चन्द्रमाको दक्षिणी धुव्रमा पहिलो पटक यान अवतरण गराएर इतिहास रचेको हो । जुन स्थानमा पानी रहेको वैज्ञानिकहरुको अनुमान छ । अब प्रश्न उठ्छ कि सर्वप्रथम, चन्द्रमामा कुन देश र कुन देशमा निर्मित वस्तु पुगेको थियो ?

निश्चय पनि तपाईँहरूको जबाफ अमेरिका हुन्छ होला । तपाईको जबाफ यदि २० जुलाई १९६९ एवं अमेरिका हो भने, यो गलत जवाफ हो । तत्कालीन सोभियत संघ एवं आजको रुसले १३ सेप्टेम्बर सन १९५९ मै चन्द्रमामा अवतरण गरिसकेको थियो । यसैले आजको रुस नै चन्द्रमामा अवतरण हुने पहिलो देश हो ।

झन्डै ६० वर्ष अगाडि पृथ्वीबाट ११.२ किमि प्रति सेकेन्डको गतिले उडेर झन्डै ३८ घण्टे लामो यात्रा पश्चात् रुसले प्रक्षेपण गरेको ’लूना–२’ ले चन्द्रमामा पुग्ने सफलता पाएको थियो। पृथ्वी बाहेक सौर्यमण्डलका अन्य कुनै पिण्डमा मानिसले पठाएर कुनै वस्तु पुगेको यो नै पहिलो घटना थियो। रुस पृथ्वी छाडेर अन्तरिक्षमा पुग्ने पहिलो देश हो ।

अन्तरिक्षमा मानिस पठाउने पहिलो देश पनि रुस हो र पृथ्वी बाहेक सौर्यमण्डलको अर्को कुनै खगोलीय पिण्डमा जित हासिल गर्ने अभियान चलाउने देश पनि रुस नै हो । अमेरिका चन्द्रमामा पुग्नुभन्दा १० वर्ष पहिला नै रुस चन्द्रमामा पुगिसकेको थियो । रुसले लाइका भन्ने कुकुरलाई ’स्पुतनिक– २’ मार्फत अन्तरिक्षमा पठाई सकेको थियो ।

लाइकालाई अन्तरिक्षमा पुग्ने पहिलो प्राणीको श्रेय प्राप्त छ,पृथ्वी बाहिर मृत्युवरण गर्ने पहिलो प्राणीको श्रेय पनि लाइकालाई नै रहेको छ । झन्डै ६० वर्ष पहिला मानिसले पृथ्वी र चन्द्रमा बिच रहेको ३ लाख ८४ हजार किमि दुरी पार गरेर पृथ्वीका मानिस निर्मित कुनै वस्तु (लूना–२) चन्द्रमामा अवतरण गराएको थियो ।यसपछि भने यो खगोलीय पिण्ड अर्थात् पृथ्वीको प्राकृतिक उपग्रह चन्द्रमा मानिसको पहुँचबाट धेरै दिन टाढा रहन सकेन।

अनन्ततः रुसको यस चन्द्र अवतरणको एक दशक भित्रै २० जुलाई १९६९ मा ’चन्द्रयान ईगल’ मार्फत अमेरिकाले आफ्ना दुई जना चन्द्रयात्री नील आर्मस्ट्रांग र एल्ड्रिन बजलाई चन्द्रमामा ओरालेर अन्तरिक्ष दौडमा रुससँग बराबरी मात्रै होइन मानिस नै पठाएर अर्काे चुनौती प्रस्तुत गरेको थियो । नील आर्मस्ट्रांग र एल्ड्रिन बजले चन्द्र धरातलमा यात्रा गरेर मानिसको मनमा हजारौ वर्षदेखि रहिआएको चन्द्रमामा पुग्ने चाहना पूरा गरे ।

त्यसपछि त अन्य १० जना अमेरिकी नागरिकले पनि चन्द्र भ्रमण गरेर त्यहाँबाट ३०० किलोभन्दा बढी ’सैंपल’ नै पृथ्वीमा लिएर आएका थिए । एक तथ्याङ्कअनुसार अहिले चन्द्र धरातलमा मानिसले छाडेका झन्डै ७५० विभिन्न वस्तु छरिएर रहेका छन् । अमेरिका बाहेक अन्य कुनै देशले आजका मितिसम्म चन्द्रमामा मानिस पठाउन सकेका छैनन् ।

अन्य सबै देशले चन्द्रमामा मानवरहित यान भने पठाएका छन् । चन्द्रमामा यान पठाउनु र त्यो यानमा मानिस राखेर पठाउनु दुबैमा ठूलो भिन्नता छ । चन्द्रमामा रुसले सर्वप्रथम पठाएको लूना–२ का माफिक यान पठाउनु कतिपय देशका लागि ठूलो कुरा रहेन । रुस र अमेरिका बाहेक चीन ,जापान ,युरोपियन स्पेस एजेन्सी ,इजरायल र भारतले चन्द्रमामा आफ्ना यान पठाउने सफलता पाईसकेका छन् ।

तर चन्द्रमामा ’सॉफ्ट ल्यान्डिंग’ गर्ने श्रेय भने रुस, अमेरिका चीन र भारत बाहेक कसैले प्राप्त गर्न सकेका छैनन् । यस दौडमा भर्खरै मात्रै भारत चौथो देश बनेको छ । अब पाँचौ देश को हुने हो त्यो भविष्य कै गर्भमा निहित छ । यसका लागि जापानले निरन्तर प्रयास गरिरहेको छ ।

सन् २०१९ को प्रारम्भ मै इजरायलको यान चन्द्रमामा ’ल्याण्ड’ गर्नुभन्दा २० किमी पहिला र वर्षको मध्यतिर भारतले पठाएको यान चन्द्रमामा ’ल्याण्ड’ गर्नु पूर्व २ किमी पहिला नै दुर्घटना ग्रस्त हुन पुगेका थिए । भारतले चन्द्रयान १ र दुईको असफलतापछि चन्द्रयान ३ लाई चन्द्रमामा त्यो पनि दक्षिणी धुव्रमा अवतरण गराएर इतिहास रचिसकेको छ ।

भारतसँगसँगै रुसले पनि लुना २५ मार्फत फेरि एक पटक चन्द्रमामा दोहोरिने प्रयास गरेपनि अवतरणका क्रममा लुना २५ चन्द्रमामा दुर्घटनामा परेको छ । यो दुर्घटना लगत्तै रुसले लुना २६को तयारी सुरु गरिसकेको छ । अब यान मात्रै होइन अमेरिका पछि चन्द्रमामा मानिस पठाउने दोस्रो देश को हुने हो ?

यस दौडमा रुस, चीन, भारत, जापान ,इजरायल मात्रै होइनन् अब त केही प्राइभेट कम्पनी पनि प्रतिस्पर्धामा रहेका छन् । निकट भविष्य मै चन्द्रमा मानिसका लागि पर्यटकीय गन्तव्य हुनेछ र पृथ्वीको ऊर्जा सङ्कट टार्न चन्द्रमाको धूलो आयात हुन थालिने वैज्ञानिकहरुको अपेक्षा छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top