×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

एमालेको भविष्यवाणी नगर्न प्रचण्डलाई विष्णु पौडेलको चेतावनी

१६ भाद्र २०८०

१६ भदौ, काठमाण्डौ ।
नेकपा एमालेमा कुनै पनि बेला विस्फोट हुन सक्ने भन्दै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दिन अघि दिएको अभिब्यक्तिप्रति एमालेका नेताहरुले जवाफ फर्काएका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलले आज एकैस्वरमा प्रचण्डलाई एमालेको भविष्यवाणी गर्ने अधिकार नभएको टिप्पणी गरेका छन् ।

शनिबार एमालेको लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रममा पौडेलले एमालेको विषयमा भ्रम फैलाएर आफू बलियो बन्ने सपना नदेख्न पनि आग्रह गरेका छन् । गत बिहीबार सुर्खेतमा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेभित्र धाँजा फाटेको, नेता कार्यकर्ताको ठूलो पंक्ति हैरान भएको र कुनै पनि बेला विस्फोट हुने बताएका थिए ।

सोही भनाईप्रति लक्षित गर्दै पौडेलले भने, ‘अवसरवादीहरु एमालेलाई कमजोर बनाउन सके आफू बलियो भइएला भन्ने सोचेर भविष्यवाणी गर्दै हिंडेका छन् तर एमालेको भविष्यवाणी गर्ने अधिकार अरुलाई छैन ।’ पौडेलले अगाडि भने, ‘विगतमा पनि एमालेललाई कमजोर मात्र हैन समाप्त पार्न प्रयास गरिएको थियो तर एमालेले ती सबै प्रयासलाई परास्त गरेको हो ।

’ उपाध्यक्ष पौडेलले प्रदेश अधिवेशनलाई लिएर महासचिव पोखरेल र आफ्नो नाम जोडेर गुटको लडाई भनेर प्रचार गरिएको तर कुनै गुट नरहेको बताए । ‘शंकर पोखरेल र मेरो गुट छैन, रंगीन समाचारबाट तरंगित नहुनुहोला’, पौडेलले भने, ‘गुटबन्दी मुर्दावाद पार्टी एकता जिन्दावाद ।’

उनले नीति र विचारमा एमालेभित्र कुनै विमति नरहेको दावी गर्दै विवाद छ भन्ने कुरा पानीको फोका मात्रै भएको बताए । उनले १० औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी ओलीको नेतृत्वमा एमाले एकतावद्ध रहेको बताए । यस्तै महासचिव शंकर पोखरेलले पनि माओवादीमा पहिरो जान जरुरी रहेको बताए ।

प्रचण्डले एमालेमा पहिरो जान लागेको भन्दै गरेको टिप्पणीप्रति टिप्पणी गर्दै पोखरेलले यस्तो भनेका हुन् । उनले भने, ‘पहिरो एमालेमा होइन पहिरो माओवादीमा जान जरुरी छ ।’ महासचिव पोखरेलले लुम्बिनी प्रदेशमा विवाद गराएको भन्ने प्रचार गराएर पार्टीलाई कमजोर बनाउन खोजिएको आरोप पनि लगाए ।

उनले आफू र विष्णु पौडेलका बीचमा विभाजनको हल्लालाई अधिवेशनले मिथ्या सावित गराउन प्रतिनिधिहरूलाई आग्रह गरे । अध्यक्ष केपी ओलीको नेतृत्वमा एमाले एकताबद्ध रहेको उनले दाबी गरे । पोखरेलले कसैको सहाराबिना २०८४ मा एमालेको एकल सरकार बनाउने गरी लाग्न कार्यकर्ताहरूलाई आग्रह गरे ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top