२ असोज ,काठमाडौं ।
अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको भाउ आज मंगलबार प्रतितोला पाँच सय रुपैयाँ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ बढेर आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।