×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

विश्वकै मूल्यवान कम्पनी कुन हो ? कति छ पूँजी ?

९ कार्तिक २०८०

९ कार्तिक, एजेन्सी ।
आइफोन निर्माता कम्पनी एप्पल इंक विश्वको सवैभन्दा धेरै बजार पूँजीकरण भएको कम्पनी बनेको छ । यसको बजार पूँजीकरण २६ खर्ब डलरमाथि उक्लिएको छ । पछिल्लो समय कम्पनीको सेयरमूल्य प्रतिकित्ता १७१ डलर ९७ सेन्टमा पुगेको छ। यो सबैभन्दा धेरै बजार पूँजीकरण हुने विश्वको पहिलो सूचीकृत कम्पनी बनेको छ ।

आइएफोन र ल्यापटप प्रडक्टको विक्री लोभलाग्दो भइरहेकै समयमा लगानीकर्ताहरुमाझ एप्पलको शेयरको माग बढेको छ । जुनको शुरुमा कम्पनीले बजारमा ल्याएको भिजन प्रोले पनि बिक्री बढाउने अपेक्षा चुलिएको छ । कम्पनीले फोल्डेबल आइप्याड पनि बजारमा ल्याउने तयारी गरिरहेको छ ।आगामी वर्षदेखि फोल्डेबल आइप्याडको उत्पादन सुरु गर्ने योजना एप्पलको छ ।

रसिया युक्रेन युद्ध र इजरायल हमास युद्धले एप्पलको शेयर मूल्यमा घटबढ भइरहेको छ । तापनि विश्वबजारमा उसका उत्पादनहरुको माग भने घटेको छैन । बुधबार न्यूयोर्क स्टक एक्सचेञ्जमा अन्य हाई–टेक कम्पनीको सेयरमूल्य पनि बढेको थियो । सन् २०१८ को अगष्टमा एप्पलको बजार पूँजीकरणले पहिलो पटक १० खर्ब डलर पार गरेको थियो ।

त्यसको ठ्याक्कै २ वर्षपछि अर्थात् सन् २०२० को अगष्टमा बजार पूँजीकरण २० खर्ब डलर माथि उक्लियो । सन् २०२२ को जनवरीमा बजार पूँजीकरण केही क्षणका लागि ३० खर्ब डलर पार गरेको थियो । तर त्यसयता शेयरमूल्य घट्न थालेपछि बजार पूँजीकरण पनि दबाबमा आइरहेको छ ।

यस्तै एप्पलपछि दोस्रो स्थानमा बिल गेट्सको माइक्रोसफ्ट कर्पोरेसन रहेको छ। कम्पनीको बजार पूँजीकरण २५ खर्ब ३० करोड डलर पुगेको छ। तेस्रो स्थानमा साउदी अरेबियाको आयल कम्पनी अरामको रहेको छ। यसको बजार पूँजीकरण २१ खर्ब डलर माथि रहेको छ। चौथो स्थानमा भने अल्फावेट इंक (गूगल) छ। गुगलको बजार पुँजीकरण १५ खर्ब डलरभन्दा माथि रहेको छ ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top