×

NEPAL TIMES UPDATES

Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतकडी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026

श्रीलंकासंग यू–१९ विश्वकपको आयोजना खोस्न सक्ने

२५ कार्तिक २०८०

२५ कार्तिक, एजेन्सी ।
श्रीलंकन क्रिकेट बोर्ड (एसएलसी) लाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) ले निलम्बन गरेको छ । बोर्डलाई सरकारको हस्तक्षेपपछि आईसीसीले तत्कालका लागि निलम्बन गरेको हो । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाको प्रदर्शन खराब भएपछि खेलकुद मन्त्रालयले क्रिकेट बोर्ड विघठन गरेको थियो ।

आईसीसीको त्रैमासिक बैठक विश्वकपको दौरान आगामी १८ देखि २१ नोभेम्बरसम्म अहमदाबादमा हुने छ । त्यसअघि आईसिसीका अधिकारीहरूले अनलाइन बैठक गर्दै बोर्डलाई निलम्बन गरेका हुन् । आईसीसीले श्रीलंका क्रिकेट बोर्डमा सरकारको अत्याधिक हस्तक्षेप गरेको भन्दै कुनै पनि आईसीसी सदस्यको काममा सरकारी हस्तक्षेप स्विकार नहुने बताएको छ ।

Advertisement

विश्वकपमा श्रीलंका अन्तिम खेलमा न्यूजिल्याण्डसँग ५ विकेटले पराजित भएको थियो । १८ देखि २१ नोभेम्बरसम्म बस्ने बोर्ड बैठकले श्रीलंकन क्रिकेट बोर्डबारे थप निर्णय गर्ने छ । तर, निलम्बनपछि श्रीलंका क्रिकेटमा अहिले कुनै असर पर्ने देखिँदैन । किनभने टोलीले डिसेम्बरसम्म कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्ने कार्यतालिका छैन् ।

तर एसएलसी निलम्बनपछि खेलाडीमा खासै असर नपर्ने भएपनि आईसीसीले श्रीलंका बोर्डको राजस्व रोक्न सक्ने सम्भावना रहेको छ । आगामी आईसीसी कार्यक्रमको आयोजना उनीहरुबाट खोस्न सक्ने जनाइएको छ । पुरुष यू–१९ विश्वकप अर्को वर्षको जनवरी–फेब्रुअरीमा श्रीलंकामा हुने भएको कार्यतालिका रहेको छ ।

श्रीलंकाको निराशाजनक प्रदर्शन पछि श्रीलंकाको खेलकुद मन्त्रालयले सोमबार, ६ नोभेम्बरमा श्रीलंका क्रिकेट बोर्ड (एसएलसी) बर्खास्त गर्दै अन्तरीम बोर्ड गठन गरेको थियो । खेलकुद मन्त्री रोषन रणसिङ्घेको कार्यालयले एक विज्ञप्ति जारी गर्दै सन् १९९६ को विश्वकप विजेता कप्तान अर्जुन रणतुङ्गालाई नयाँ अन्तरिम बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

Advertisement

श्रीलंकाको अदालतले पनि बोर्ड विघटन गर्ने निर्णयलाई आगामी १४ दिनका लागि रोक लगाएको थियो ।

भर्खरको समाचार

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

सम्बन्धित खबरहरु

Scroll to Top