×

NEPAL TIMES UPDATES

Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026

चीन–रुसले अमेरिकी डलर प्रयोग नगर्ने

५ पुष, एजेन्सी ।
रुस र चीनबीच द्विपक्षीय व्यापारमा अमेरिकी डलरको प्रयोग नगर्ने सहमति भएको छ । रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले दुई देशका सरकार प्रमुखबीचको २८ औँ नियमित बैठकमा यस्तो बताएका हुन् । मस्को र बेइजिङले द्विपक्षीय सम्झौतामा डलरलाई लगभग पूर्णरूपमा त्यागेको उनले बताएका हुन् ।

“पारस्परिक व्यापार लगभग एक तिहाइले बढेको छ । यस बीचमा अधिकांश भुक्तानी अर्थात् ९० प्रतिशतभन्दा बढी स्वदेशी मुद्रामा भएको छ । जसले आर्थिक सम्बन्धमा लगभग पूर्ण डि–डलराइजेसन (अमेरिकी डलर हटाएको) देखाउँछ,” रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले भनेका छन् ।

रुस र चीनबीचको द्विपक्षीय व्यापारले निर्धारित समयभन्दा अघि नै २०० अर्ब डलरको आँकडा पार गरेको उनले बताएका छन् । रुसले युक्रेन युद्धपछि युरोपेली राष्ट्रका लागि इन्धन खरिदमा भुक्तानीका लागि रुबल अनिवार्य गरेको थियो । यसैबीच हालैको अमेरिका भ्रमणमा चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी समकक्षी जो बाइडेनलाई चीनले ताइवानलाई मुख्यभूमिसँग पुनर्एकीकरण गरिछाड्ने बताएको खुलासा भएको छ।

तर, एकीकरणको समय भने निर्धारण गरिनसकेको उनले बताएका थिए ।सी र बाइडेनबीच सान फ्रान्सिस्कोमा गत महिना शिखर वार्ता भएको थियो । एनबीसी न्युजले अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै जनाएअनुसार त्यतिबेला सी र बाइडेन करिब एक दर्जन अमेरिकी र चिनियाँ अधिकारीहरु सहित बैठकमा थिए।

त्यहीबेला सीले बाइडेनलाई ताइवानलाई शान्तिपूर्ण तरिकाले चीनमा मिसाउनु आफूहरुको प्राथमिकता भएको बताएका थिए । केही अमेरिकी अधिकारी तथा विश्लेषकहरुले सीले ताइवानलाई २०२५ वा २०२७ मा कब्जा गर्ने आकलन व्यक्त गर्दै आएका थिए ।

सीले बाइडेनलाई ती आकलन गलत भएको र आफूले त्यो समय निर्धारण गरिनसकेको बताएका थिए । सो भेटअघि नै चिनियाँ अधिकारीहरुले बैठकपछि बाइडेनले ताइवानको स्वतन्त्रतालाई अमेरिकाले समर्थन नगरी चीनको शान्तिपूर्ण एकीकरणलाई समर्थन गर्नुपर्ने माग राखेका थिए। जसलाई ह्वाइट हाउसले अस्वीकार गरेको थियो । सीले सार्वजनिक रुपमै ताइवानलाई चीनमा मिलाइछाड्ने बताउँदै आएका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top