×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

एक सन्की छोराले बाबुसहित १४ जनाको ज्यान लिए

६ पुष, एजेन्सी ।

चेक रिपब्लिकमा २४ वर्षका युवकले आफ्नो बाबुलाई गोली हानेर ज्यान लिएपछि प्राग चार्ल्स विश्ववद्यालय पुगेर त्यहाँ १४ जनाको गोली हानी हत्या गरेका छन्। चेक प्रहरीले उनको नाम र परिचय भने सार्वजनिक गरेको छैन। समाचार संस्था रोयटर्सका अनुसार बिहीबार दिउँसो प्रागबाट १३ माइल पर हुस्तैनमा एक व्यक्ति गोली लागेको अवस्थामा मृत फेला परेका थिए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार त्यहाँको प्रहरीले सन्दिग्ध व्यक्ति प्राग विश्वविद्यालयमा लेक्चर लिन दिउँसो २ बजे आउँदैछन् भन्ने सूचना सामाजिक सञ्जालबाट पाएको थियो। चेक प्रहरी प्रमुख मार्टिन भोन्द्रासेकका अनुसार सन्दिग्ध व्यक्ति क्लास लिन आउने सूचनाका आधारमा प्रहरीले विश्वविद्यालयको आर्ट्स भवन पूरै खाली गराएको थियो।

तर, गोली अर्कै भवनमा चलेको उनले बताए। प्राग विश्वविद्यालयका विद्यार्थी जकोब वैजमनले सिएनएनलाई बताएअनुसार गोली चल्नुअघि उनी एक प्राध्यापकसँग कक्षाकोठामा थिए। गोली चलेको आवाज सुन्नेबित्तिकै कक्षाकोठामा रहेका एक युवकले ढोका बन्द गरे।

त्यसपछि प्राध्यापकले पनि ढोका खुल्न नमिल्नेगरी कक्षाकोठामा रहेका फर्निचरका सामानहरूले ढोका राखेका थिए। गोली चलेपछि त्यहाँका विद्यार्थीहरू भवनका विभिन्न स्थानमा लुकेका थिए। विश्वविद्यालयमा अन्धाधुन्ध गोली चल्दा १४ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

प्रहरी प्रमुख भोन्द्रासेकका अनुसार घाइतेमध्ये १० जनाको अवस्था गम्भीर छ। प्रहरीले विश्विविद्यालयको भवनमा हतियारहरू पनि फेला पारेको छ। गोली प्रहार गर्ने युवक भने मृत फेला परेका छन्।१४ जनाको हत्या गरी उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ।

गोली चलाउने व्यक्तिसँग विभिन्न हतियारको लाइसेन्स भएको प्रहरीले जनाएको छ। आक्रमण पछाडि कुनै आतंकवादी समूहको हात नभएको पनि त्यहाँको प्रहरीले जनाएको छ। एक साताअघि प्रागकै एउटा गाउँको जंगलमा एक पुरूष र २ महिनाकी शिशु गोली लागेको अवस्थामा मृत फेला परेका थिए।

प्रहरी प्रमुख भोन्द्रासेकले सो घटनामा पनि उनकै संलग्नता रहेको अनुमान गरिएको बताएका छन्। चेक सरकारले यसलाई इतिहासकै सबैभन्दा दुःखद खबर भनेका छन्। सरकारले भोलि देशभर शोक मनाउने भएको छ।

चेक रिपब्लिकका राष्ट्रपति यसलाई इतिहासकै क्रुर र भयानक घटना भनेका छन्। चेक रिपब्लिकमा गोलीकाण्डहरू दुर्लभ मानिन्छ। रोयटर्सका अनुसार यसअघि सन् २०१९ मा ४२ वर्षीय पुरूषले अस्पतालमा गोली चलाउँदा ६ जना मारिएका थिए।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top