×

NEPAL TIMES UPDATES

Playing
’अपरे शन सेफ्टी काठमाडौं’ः काठमाडौंबाट १९५ जना पक्रा उ#arrest #nepal #police|| Nepal Times
Apr 04, 2026
Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026
Playing
Watch Top50 News Of The Day Chaitra-20-2082 Nepal Times
Apr 03, 2026
Playing
सभामुख डीपीले के–के सुविधा पाउँछन् ?अहिलेसम्मका सभामुख को–को?|| Nepal Times
Apr 03, 2026
Playing
राष्ट्रिय सभाबाट असहयोग भए बालेन सरकारले कसरी बनाउँछ कानून ? || Nepal Times
Apr 03, 2026
Playing
श्रम स्वीकृतिका लागि टोकन प्रणाली खारेज, केही घण्टामा स्वीकृति || NepalTimes
Apr 03, 2026
Playing
टिकटकर तुलसाले चिमरियालाई कसरी कंगाल बनाइन् ?यस्तो छ आरोप || Nepal Times
Apr 03, 2026
Playing
मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा|| Nepal Times
Apr 03, 2026

भाइरल फिल्म १२ औं फेलका वास्तविक IPS अफिसर मनोज को हुन् ?

२३ पुष २०८०

२३ पुष,विराटनगर ।
अहिले सामाजिक सञ्जालहरूमा एउटा हिन्दी चलचित्रले निकै चर्चा पाइरहेको छ– १२वीं फेल । यो फिल्म विधुविनोद चोपडाले बनाएका हुन्। उनी सामान्य कथालाई टिपेर भव्य फिल्म बनाउने निर्देशकका रूपमा चिनिन्छन्। सिनेमा हलहरूमा यो फिल्म सलमान खानको ’टाइगर’ सँगै भिडेको थियो।

Advertisement

विक्रान्त मासे, मेधा शंकर, सञ्जय बिस्नोइ, हरिश खन्ना लगायत कलाकारको मुख्य भूमिका रहेको यो फिल्म सुरूमा ’टाइगर’ को चपेटामा प¥यो। तर दर्शकहरूले प्रशंसा गर्दै जाँदा केही दिनपछि फिल्मले राम्रै कमाइ ग¥यो र हिटमा दर्ज भयो। केही दिनअघि मात्र यो फिल्म युट्युबमा पनि उपलब्ध भयो।

त्यसपछि भारत मात्र नभई नेपाली दर्शकहरूका माझ पनि यो फिल्म लोकप्रिय भयो।यो फिल्मको कथा सामान्य छ, तर यसले दर्शकमा बलियो प्रभाव छाडेको छ । यो मनोजकुमार शर्माको जीवनमा आधारित फिल्म हो। यो फिल्म हेरेपछि उनलाई जान्न खोज्ने दर्शकको संख्या उल्लेखीय पाइएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

यो फिल्म अनुराग पाठकको उही नामको सर्वाधिक बिक्रि हुने पुस्तकमा आधारित छ । यो आईआरएस अधिकारी श्रद्धा जोशी र आईपीएस अधिकारी मनोज कुमार शर्माको वास्तविक जीवनका अनुभवहरूबाट प्रेरित छ। शर्मा कठिन परिवेशमा हुर्केका थिए । उनको जन्म १९७७ मा मध्य प्रदेश जिल्ला मोरेना, बिलगाउँको सानो गाउँमा भएको थियो।

उनका बुबा कृषि विभागमा कार्यरत थिए र परिवार आर्थिक रूपमा संघर्ष गरिरहेको थियो। उनी कक्षा ९ र १० मा थर्ड डिभिजनमा पास भए । उनले कक्षा ११ पास गरे तर कक्षा १२ पास गर्न सकेनन् । उनले सबै विषय पास गरे तर हिन्दीमा फेल भएका थिए । तर, पछि उनले परीक्षा पास गरे । उनी दिल्ली पुग्दा शर्माको यात्रा निकै कठिन थियो।

टेम्पो चलाउने, पुस्तकालयमा काम गर्ने र धनी मानिसहरूका कुकुरहरू हेर्नेदेखि लिएर, उनले आफ्ने खर्च टार्न र आफ्नो शिक्षण शुल्क तिर्न विभिन्न कामहरू गरेका थिए । तर उनले कहिल्यै हार मानेनन् । पुस्तकालयमा काम गर्दा शर्माले म्याक्सिम गोर्की, अब्राहम लिंकन र मुक्तिबोध जस्ता प्रसिद्ध लेखकहरूका धेरै पुस्तकहरू पढेका थिए ।

जसले उनलाई जीवनको अर्थ र उद्देश्य बुझ्न मद्दत ग¥यो। आफ्नो यूपिएससी कोचिङको क्रममा उनी उत्तराखण्ड निवासी श्रद्धा जोशीसँग प्रेममा परेका थिए ।जोशी ग्एक्ऋ उत्तीर्ण गरेपछि अहिले आईएएस अधिकारी छन् । चलचित्रमा चोपडाले १२ कक्षामा आफ्नो अनुभव र उनले कसरी यूपीएससी पास गरे भन्ने बारेमा बताएका छन् ।

नको प्राथमिक लक्ष्य एस डिएम सब डिभिजन मजिस्ट्रेड बन्ने थियो। तर जब उनी १२ औं कक्षा पूरा गरेपछि ग्वालियर गए उनले थाहा पाए कि डिस्ट्रिक्ट म्याजिस्ट्रेट (डीएम) एक एसडीएम भन्दा माथिल्लो पदको जागिर हो । र उनले त्यो बन्नको लागि यूपीएससी परीक्षा पास गर्नुपर्ने थियो । उनले नतिजा स्वरूप सिभिल सेवा परीक्षाको तयारी गर्न दिल्ली जाने निर्णय गरे।

आफ्नो दृढ संकल्पका साथ, मनोजले आफ्नो चौथो प्रयासमा यूपिएससी लोक सेवा परीक्षा पास गरे र आईपीएस अधिकारी बने। उनी २००५ मा महाराष्ट्र क्याडरमा सामेल भए र हाल मुम्बईमा पश्चिम क्षेत्रको अतिरिक्त आयुक्तको रूपमा कार्यरत रहेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

भारतमा सबैभन्दा कठिन प्रतिस्पर्धात्मक परीक्षाहरू मध्ये एक संघ लोक सेवा आयोग यूपिएससी द्वारा प्रशासित लोक सेवा परीक्षा सीएसई हो। सीएसइमा फराकिलो र विविध पाठ्यक्रमहरु हुन्छन् । त्यसैले यसको लागि अध्ययन गर्न धेरै समय लाग्छ।

Advertisement

सामान्यतया प्रारम्भिक उमेरदेखि नै एकेडेमिक रूपमा उत्कृष्ट भएकाहरूले सीएसईमा राम्रो गर्न सक्ने मान्यता राखिन्छ । विधुविनोद चोपडाले निर्माण गरेका ’मुन्नाभाइ एमबिबिएस’, ’सन्जु’, ’थ्री इडियट्स’, ’पिके’, ’वजिर’ लगायत फिल्म बहुचर्चित छन्।

भर्खरको समाचार

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

सम्बन्धित खबरहरु

Scroll to Top