NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
Next
Prev

समाचार

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च,अर्थतन्त्र बढेपनि सबै क्षेत्रमा किन सुस्तता ?

शुक्रबार पुस २७ , २०८०
Reading Time: 1 min read
A A
सरकारद्वारा कोरोना नियन्त्रणमा भएकाे खर्चकाे विवरण सार्वजनिक
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२७ पुष, काठमाण्डौ ।
चालु आर्थिक वर्षको शुरुवाती महिनाहरुमा मुलुकको अर्थतन्त्रमा केही सुधार देखिएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक विवरण अनुसार पोहोरभन्दा हरेक क्षेत्रमा सुधार देखिएको छ । यस्तै चालु आर्थिक वर्ष २०८०÷८१ को पाँच महिनामा विदेशी मुद्रा सञ्चिति १४ दशमलव ८ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार गएको असारसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति १४ दशमलव ८ प्रतिशतले बढेर मङ्सिर मसान्तमा १७ खर्ब ६७ अर्ब चार करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा १३ दशमलव ६ प्रतिशतले बढेर मङ्सिर मसान्तमा १३ अर्ब ३१ करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंक बाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति गएको असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा मङ्सिर मसान्तमा ८ दशमलव ९ प्रतिशतले बढेर २ खर्ब १० अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । बैंकका अनुसार मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव ६ प्रतिशत छ ।

डेढ वर्षअघि निकै कमजोर अवस्थामा रहेको भनिएको विदेशी मुद्रा सञ्चिति गत मंसिरमा अमेरिकी डलरमै हालसम्मकै सबैभन्दा धेरै रहेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च हुनुले नेपाल सरकारलाई पूर्वाधार निर्माणमा लगानी विस्तारको ठूलो अवसर प्राप्त भएको जानकार बताउँछन ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कम्तीमा ७ महिनाका लागि पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य लिएको छ । तर गत मंसिरसम्मको सञ्चितिले १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाका लागि वस्तु तथा सेवा आयात गर्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै प्रतिवेदनले रेमिट्यान्स आप्रवाह, शोधनान्तर बचतलगायत सूचक सबल बनिरहँदा सरकारको राजस्व, पुँजीगत खर्च र वैदेशिक ऋण तथा सहायताका सूचक अपेक्षित रूपमा बढ्न नसकेको देखाएको छ । गत वर्ष र अघिल्ला महिनाको तुलनामा मंसिरमा मूल्यवृद्धिमा कमी आए पनि उत्पादन, उत्पादकत्व घटिरहेको र समग्र माग नबढेकाले अर्थतन्त्र मन्दीमा रहेको संकेत गर्ने अर्थविद्हरु बताउँछन् ।

गत मंसिरमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धिदर ४.९५ प्रतिशत छ । ०७९ मंसिरमा यस्तो मूल्यवृद्धिदर ७.३८ प्रतिशत थियो । चालु आर्थिक वर्षको पाँच महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ५.१० र गैर–खाद्य तथा सेवा समूहको ४.८४ प्रतिशत छ ।

मूल्यवृद्धि दरमा कमी आउनु नागरिकका लागि राम्रो भए पनि आर्थिक गतिविधिमा सुस्तता आएको, आयात निर्यात घटेको, उपभोग घटेको समयमा मूल्य वृद्धिमा कमी आउनुले अर्थतन्त्र मन्दीमा रहेको संकेत गर्ने अर्थविद्को भनाई छ ।

गत मंसिरमा अवधिमा घिउ तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहमा रहेका वस्तुको मूल्यमा कमी आएको, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटाएको तथा ०८० कात्तिकको तुलनामा मंसिरमा तरकारी, फलफूल, मरमसला, चिनी जस्ता वस्तुको मूल्यमा कमी आएकाले मूल्यवृद्धिमा कम चाप परेको राष्ट्र बैंकको प्रतिवेदनले जनाएको छ ।

पाँच महिनामा रेमिट्यान्समार्फत ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २७.६ प्रतिशतले बढी हो । पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ७३ हजार ५ सय ५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ४ हजार ३७ छ । मंसिरसम्म मुलुकको शोधनान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोड रुपैयाँले बचतमा छ ।

Tags: #विदेशी मुद्रा सञ्चिति#विदेशी मुद्रा सञ्चिति उच्च

लोकप्रीय

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

विचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

थप समाचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति
मनोरन्जन

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

हालका पोस्टहरू

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.