×

NEPAL TIMES UPDATES

Playing
Election update समानुपातिकमा ७५ प्रतिशत मत गन्दा कसको सिट कति ? || Nepal Times
Mar 09, 2026
Playing
पेलिएको रास्वपा बन्यो लिडर, को–को बन्ने भए राष्ट्रिय पार्टी ? || Nepal Times
Mar 08, 2026
Playing
इरानभित्रै विशेष बल उतार्ने अमेरिका–इजरेलको योजना || Nepal Times
Mar 08, 2026
Playing
पूर्वप्रधानमन्त्रीहरू ओली,देउवा, माधव,बाबुराम र झलनाथ विनाको संसद || Nepal Times
Mar 08, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-24-2082 || Nepal Times
Mar 08, 2026
Playing
के अब प्रत्यक्ष कार्यकारी तर्फ जादैछ मुलुक ? दुई तिहाइ पाए के हुन्छ ? || Nepal Times
Mar 08, 2026
Playing
Iranले Chinaबाट मगायो ९ लाख ’स्पेशल हति*यार’, Trumpलाई कतारको चेतावनी || Nepal Times
Mar 08, 2026
Playing
अमरेशले जित्दा मधेसवादी ठूला नेता किन हार्न पुगे ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा एकल सरकार निर्माणको बाटोमा, दुई तिहाईतर्फ लम्कियो || Nepal Times
Mar 08, 2026
Playing
World News: Iranले उडायो Israel र अमेरिकी अड्डा, धुलो पार्ने Trumpको चेतावनी || Nepal Times
Mar 08, 2026
Playing
यसरी बन्दै छन् बालेन्द्र प्रधानमन्त्री || Nepal Times
Mar 08, 2026
Playing
प्रतिनिधिसभामा रास्वपाको बहुमत सम्भावित दुई तिहाइ || Nepal Times
Mar 08, 2026
Playing
Top 15 Afternoon News || Mar-08-2026 || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ प्रतिवेदन प्रधानमन्त्रीको हातमा–निचोड सार्वजनिक गर्ने || Nepal Times
Mar 08, 2026
Playing
T20 World Cup 2026: उपाधिका कसको ? || Nepal Times
Mar 08, 2026
Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च,अर्थतन्त्र बढेपनि सबै क्षेत्रमा किन सुस्तता ?

२७ पुष २०८०

२७ पुष, काठमाण्डौ ।
चालु आर्थिक वर्षको शुरुवाती महिनाहरुमा मुलुकको अर्थतन्त्रमा केही सुधार देखिएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक विवरण अनुसार पोहोरभन्दा हरेक क्षेत्रमा सुधार देखिएको छ । यस्तै चालु आर्थिक वर्ष २०८०÷८१ को पाँच महिनामा विदेशी मुद्रा सञ्चिति १४ दशमलव ८ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार गएको असारसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति १४ दशमलव ८ प्रतिशतले बढेर मङ्सिर मसान्तमा १७ खर्ब ६७ अर्ब चार करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा १३ दशमलव ६ प्रतिशतले बढेर मङ्सिर मसान्तमा १३ अर्ब ३१ करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंक बाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति गएको असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा मङ्सिर मसान्तमा ८ दशमलव ९ प्रतिशतले बढेर २ खर्ब १० अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । बैंकका अनुसार मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव ६ प्रतिशत छ ।

डेढ वर्षअघि निकै कमजोर अवस्थामा रहेको भनिएको विदेशी मुद्रा सञ्चिति गत मंसिरमा अमेरिकी डलरमै हालसम्मकै सबैभन्दा धेरै रहेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च हुनुले नेपाल सरकारलाई पूर्वाधार निर्माणमा लगानी विस्तारको ठूलो अवसर प्राप्त भएको जानकार बताउँछन ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कम्तीमा ७ महिनाका लागि पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य लिएको छ । तर गत मंसिरसम्मको सञ्चितिले १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाका लागि वस्तु तथा सेवा आयात गर्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै प्रतिवेदनले रेमिट्यान्स आप्रवाह, शोधनान्तर बचतलगायत सूचक सबल बनिरहँदा सरकारको राजस्व, पुँजीगत खर्च र वैदेशिक ऋण तथा सहायताका सूचक अपेक्षित रूपमा बढ्न नसकेको देखाएको छ । गत वर्ष र अघिल्ला महिनाको तुलनामा मंसिरमा मूल्यवृद्धिमा कमी आए पनि उत्पादन, उत्पादकत्व घटिरहेको र समग्र माग नबढेकाले अर्थतन्त्र मन्दीमा रहेको संकेत गर्ने अर्थविद्हरु बताउँछन् ।

गत मंसिरमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धिदर ४.९५ प्रतिशत छ । ०७९ मंसिरमा यस्तो मूल्यवृद्धिदर ७.३८ प्रतिशत थियो । चालु आर्थिक वर्षको पाँच महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ५.१० र गैर–खाद्य तथा सेवा समूहको ४.८४ प्रतिशत छ ।

मूल्यवृद्धि दरमा कमी आउनु नागरिकका लागि राम्रो भए पनि आर्थिक गतिविधिमा सुस्तता आएको, आयात निर्यात घटेको, उपभोग घटेको समयमा मूल्य वृद्धिमा कमी आउनुले अर्थतन्त्र मन्दीमा रहेको संकेत गर्ने अर्थविद्को भनाई छ ।

गत मंसिरमा अवधिमा घिउ तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहमा रहेका वस्तुको मूल्यमा कमी आएको, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटाएको तथा ०८० कात्तिकको तुलनामा मंसिरमा तरकारी, फलफूल, मरमसला, चिनी जस्ता वस्तुको मूल्यमा कमी आएकाले मूल्यवृद्धिमा कम चाप परेको राष्ट्र बैंकको प्रतिवेदनले जनाएको छ ।

पाँच महिनामा रेमिट्यान्समार्फत ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २७.६ प्रतिशतले बढी हो । पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ७३ हजार ५ सय ५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ४ हजार ३७ छ । मंसिरसम्म मुलुकको शोधनान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोड रुपैयाँले बचतमा छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top